arrow

एनसेलले ल्यायो आकर्षक ‘डबल मजा प्याक’

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २४ शुक्रबार
ncell-doubel-majja-pack.jpg

काठमाडौँ। एनसेल आजियाटा लिमिटेडले बिहीबार एक नौलो र आकर्षक डेटा अफर ‘डबल मजा प्याक’ ल्याएको जनाएको छ। यस अफरले ग्राहकलाई रु १२५ पर्ने डेटा प्याक पुनः खरिद गरी आफ्नो डेटा भोल्युम दोब्बर बनाउँदै अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन प्रोत्साहन गर्दछ।

यसको मतलब यदि ग्राहकहरूले ७ दिनको समय सीमा रहेको ५ जीवी डेटा कर सहित रु १२५ मा खरिद गर्छन् र प्याकको समय सीमा सकिनु भन्दा पहिले नै सो प्याक पुनः खरिद गर्दछन् भने उही शुल्कमा अब ५ जीवीको सट्टामा १० जीवी डेटा प्राप्त गर्नेछन्। यो अफर असार २४ गते शुक्रवारबाट सञ्चालनमा आउनेछ।

  • कर सहित मात्र रु १२५ मा ५ जीवी डेटा
  • रु १२५ पर्ने प्याकको समयावधि नसकिँदै गरिने प्याकको हरेक पुनः खरिदमा १० जीवी डेटा र समय सीमा थपिने

समयावधि सकिनु अघि नै नयाँ प्याक लिएमा डेटा भोल्युम र समयावधि दुवै सोही अनुसार थपिँदै जाने यस अफरको विशेषता हो। उदाहरणका लागि यदि कुनै ग्राहकले प्याक खरिद गरेको तीन दिनपछि सोही प्याक पुन खरिद गरेमा नयाँ १० जीवी उसको बाँकी डेटा भोल्युममा जोडिन्छ र समय सीमा पनि बाँकी रहेको ४ दिन सहित ११ दिन हुन्छ। प्याक आवश्यकता अनुसार जति पटक पनि पुनः खरिद गर्न सकिने छ भने कुल अधिकतम समय सीमा २८ दिन रहने छ।

“हामी आफ्ना ग्राहकलाई हाम्रो निरन्तरको प्रयास र नवीन सेवा मार्फत उत्कृष्ट सेवा अनुभव र यसको उचित मूल्य प्रदान गर्न प्रतिबद्ध छौँ। आफ्नो डेटाको सीमा सकिने कुनै चिन्ता नगरी सुलभ डेटा सेवाबाट फाइदा लिन पाइने भएकाले नयाँ डबल मजा प्याकले ग्राहकलाई ठुलो महत्त्व राख्दछ,” एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने। 

एनसेलका ग्राहकले एस्ट्रिक१७१२३एस्ट्रिक्स२२ह्यास डायल गरी यो प्याक सजिलै सुचारु गर्न सक्छन्। ग्राहकले एनसेल एप, एनसेलको वेबसाइट र ई सेवा, खल्ती, आइएमइपे जस्ता वालेटबाट पनि यो प्याक खरिद गर्न सक्छन्। 

यो अफर अन्तर्गत ल्याइएको प्याकले सुलभ दरमा डेटा सेवाको पहुँच प्रदान गदै ग्राहकलाई मूल्य प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ। ग्राहकले यस अफर अन्तर्गत एनसेलको डेटा सेवाको फाइदा जहाँ र जहिले पनि लिन सक्नेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ