एकै दिन ११३ नयाँ संक्रमित थपिए, सक्रियको संख्या ४७१
संक्रमण दर ६ प्रतिशत पुग्यो
हाम्रा कुरा
प्रकाशित २०७९ असार २२ बुधबार
1.3k
Shares
काठडमाडौं । पछिल्लो २४ घण्टामा देशभर ११३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस अवधिमा २० जना संक्रमणमुक्त भएका छन् ।
१५४९ जनाको पीसीआर र ११७५ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गर्दा पीसीआरबाट ९० र एन्टीजेनबाट २३ जनामा संक्रमण पुष्टि भएको हो । कूल २७२४ जनाकौ नमूना परीक्षण गरिएको थियो ।
कूल नमुना परीक्षणको तथ्यांक हेर्दा संक्रमण दर ४.१४ प्रतिशत देखिएको छ । पीसीआर विधिबाट संक्रमण पुष्टि हुनेको संख्या हेर्दा संक्रमण दर ५.८ अर्थात् करिब ६ प्रतिशत पुगेको देखिन्छ ।