काठमाडौं । भारतको चाल्सा, जल्पाईगुरी, पश्चिम बंगालमा ३ तीन दिनसम्म आयोजना भएको “११औं साउथ एसियन फुलकन्ट्याक्ट कराते प्रतियोगिता २०२२” मा नेपाली टोलीले १६ स्वर्ण जितेको छ ।
नेपाल क्योकुशिन सेईसिन काईकान कराते संघका अध्यक्ष शिहान अशोककुमार श्रेष्ठको नेतृत्वमा गएको उक्त टोलीले १६ स्वर्ण, ७ रजत र ८ काश्य जितेको हो ।
नेपाली टोली दोस्रो स्थानमा रह्यो । विजेतामा पुरुष खुल्ला तौल समूहमा (७५के.जि.माथि) विनय शिंह, ७० के.जी. समूहमा सन्तोष कुमार लामा, ६५ के.जी. तौल समूहमा बिकाश गुरुङ (१८बर्ष माथि), ६५के.जी. तौल समूहमा समुन्द्र भट्ट (१७वर्ष मुनि), ५५के.जी तौल समूहमा चोप बहादुर बुढाथोकी (१८वर्ष माथि), ५५के.जी तौल समूहमा रक्कि यादव (१३वर्ष मुनि), ५० के.जी. तौल समूहमा भुपेन्द्र वली (१८वर्ष माथि), ५० के.जी. तौल समूहमा रवि किशन यादव (१३वर्ष मुनि), ४०के.जी. तौल समूहमा राजा बाबु दाश (१० वर्ष मुनि), ३५ के.जी. तौल समूहमा दर्शन मानन्धर (१०वर्ष मुनि), ३० के.जी. तौल समूहमा निशान्त श्रेष्ठ (१०वर्ष मुनि) ले स्वर्ण पदक हासिल गरेका थिए ।
त्यसैगरी महिला खुल्ला तौल समूहमा मञ्जु बि.क., ६०के.जी. तौल समूहमा पत्रिका चन्द, ५०के.जी. तौल समूहमा समृद्धि सापकोटा, ४०के.जी. तौल समूहमा आरति श्रेष्ठ, ३०के.जी. तौल समूहमा ओलिभिया पुनले स्वर्ण पदक हासिल गरेका थिए ।
रजत पदक हासिल गर्नेहरुमा पुरुष खुल्ला तौल समूहमा शाहिल बहादुर श्रेष्ठ, ७० के.जी. रवि यादव(१७वर्ष मुनि), ६०के.जी. तौल समूहमा रमेश बि.क.(१८वर्ष माथि), ६०के.जी. तौल समूहमा संदिप पटेल (१७वर्ष मुनि), ५५ के.जी. तौल समूहमा छविलाल खड्का(१८ वर्ष माथि), ४६के.जी. तौल समूहमा अनिश चौधरी (१३वर्ष मुनि) ले रजत पदक हासिल गरेका थिए भने महिला ५०के.जी. तौल समूहमा अनुपा नेपाली रहेका छन् ।
उक्त साउथ एसियन प्रतियोगितामा नेपालको तर्फबाट क्योकुशिन सेईसिन संघले खेलाडीहरु, कोच, रेफ्रि तथा बिभागिय टिम नेपाली सेना गरी ४५ जनाको टोलीलाई सहभागिता गराएको थियो । उक्त साउथ एसियन प्रतियोगिताका लागि नेपालको तर्फबाट टिम मेनेजरमा बरिष्ठ उपाध्यक्ष हेमा मानन्धर, रेफ्रिहरुमा बद्रि थापामगर (नेपाली सेना), अमित तामाङ्ग(नेपाली सेना), सुनिल नगरकोटी(नेपाली सेना) तथा प्रशिक्षक जेन कुमार तामाङ्गले सहभागिता जनाएका थिए ।