arrow

रामायण सर्किटले नेपाल–भारत सम्बन्ध मजबुद बन्छ – मन्त्री श्रेष्ठ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १६ बिहिबार
jeevanram-shrestha-najmagya-si-khampa-indian-embassy-upapramukh.jpg

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले भगवान् राम र सीतासँग जोडिएका धार्मिक स्थलहरुलाई स्थलमार्गबाट जोड्ने रामायण सर्किटले नेपाल–भारतको सम्बन्ध अझ मजबुद बन्ने विश्वास व्यक्त गरेका छन् । 

रामायण सर्किटले नेपाल र भारतमा धार्मिक पर्यटनको प्रवर्धन हुनुका साथै दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास मन्त्री श्रेष्ठले व्यक्त गरेका हुन् । बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा बधाई दिन आएकी भारतीय दूतावासकी मिसन उपप्रमुख नाग्मग्या सी खम्पासँगको भेटमा मन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् । 

सो भेटमा नेपाल–भारतका हवाई सेवा सम्बन्धी अन्य विषयमा पनि छलफल भएको थियो । खम्पाले मन्त्री श्रेष्ठलाई कार्यकालको शुभकामना व्यक्त गरेकी थिइन् । सो भेटमा मन्त्री श्रेष्ठले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि पश्चिम क्षेत्रबाट प्रवेश बिन्दू उपलब्ध गराउने विषयमा छलफल गरी निष्कर्ष निकाल्नका लागि नेपाल–भारतबीच संवाद गर्नुपर्ने बताएका छन् । 

महेन्द्रनगर, नेपालगन्ज र भैरहवाबाट हवाई प्रवेश बिन्दू उपलब्ध गराउनका लागि आवश्यक छलफल गर्नुपर्ने मन्त्री श्रेष्ठले बताएका थिए । 

त्यसैगरी सो अवसरमा दुई देशको पर्यटन प्रवर्धनका विषयमासमेत छलफल भएको थियो । सांस्कृतिक, साहसिक तथा खेल पर्यटन प्रवद्र्धनका विषयमा समेत छलफल भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ