arrow

मल बिनाको रोपाइँ, मन बिनाको धान दिवस

logo
नारायण वली,
प्रकाशित २०७९ असार १५ बुधबार
20220629_141605.jpg

रुपन्देही । ‘मानो रोपेर मुरी उब्जाउने’ दिन भनेर आज असार १५ लाई चिनिन्छ । असार महिनाको आज मध्य दिनलाई हरेक बर्ष धान दिवसको रुपमा रोपाइँ जात्राका रुपमा मनाउने गरिन्छ । यो दिन खेतमा धान रोपाइँसँगै आपसमा हिलो छ्यापाछ्याप गरेर रमाईलो गर्नै र दही चिउरा खाने चलन रहेको छ ।

नेपालमा २०६२ सालदेखि हरेक वर्षको असार १५ गते धान दिवसका मनाउँदै आइएको छ । कृषि विभागका अनुसार नेपालमा करिब १४ लाख हेक्टर जमीनमा ४७ लाख मेट्रिक टन धान उत्पादन हुने बताइएको छ । तर पछिल्लो समय दलाली प्रथाका कारण जग्गाको खण्डीकरण, खेतीयोग्य जग्गा घडेरीमा परिणत गर्नु, सीमित व्यक्तिका हातमा धेरै जमिन, युवा जनशक्ति पलायन, आकाशे खेतीमा निर्भर, सिंचाइँको व्यवस्था नहुनु लगायतका समस्याले गम्भिर रुपमा लिँदै गएको बेला यता बाँकी पुर्खयाैली  पेशा खेतीमा आत्मनिर्भर पर्दै आएका कयौं किसानहरुले समयमै रासायनिय मल नपाउँदा असारको मध्य दिन सम्म खेती गर्न नपाउँँदा थप चिन्तित वन्न पुगेका छन् । 

सरकारले किसानहरुको वारेमा समयमै मलखाद र उन्नत जातका बीउवीजन तथा अनुदानको राम्रो व्यवस्था गर्न नसक्दा वास्तविक किसानहरु मर्का पर्नुको साथै खेती गरेर जीवन कसरी जीउन सकिन्छ भन्ने चिन्ताले सताउने गरेको रुपन्देहीको तिलोत्तमा नगरपालिकाका किसान किरण बोहराले वताए । हरेक वर्ष खेती गर्ने समयमा मलखाद नपाएर कतिपयले व्यापारीले ल्याएको (ब्ल्याक) लुकाइछिपाई मल चर्काे मूल्यमा किनेर खेती गर्छन् भने कतिपय मल बिना रोपाई गरेको उदाहरण थुप्रै छन् । जुन समस्याबाट किसानहरुले अहिलेसम्म मुक्ति पाउन सकेका छैनन् ।

मल अभावको सामना खेप्दै आएका किसानहरुले खेती गर्न धेरै छोड्दै गएपछि  धानको उत्पादन सोचे अनुसार बढाउन नसकिएको र नेपालको धान उत्पादकत्व ३.१७ मेट्रिक टन प्रतिहेक्टर रहेको बुझिएको छ । 

वर्षभरी खाने धान खेती गर्नका लागि मलको जोहो कसरी गर्ने भन्ने समस्यामा चिन्तित वनेका किसानहरुलाई असार १५ को दही र चिउरा खाने दिवशले शक्ति संगै शीतलता प्राप्त हुने रुपमा लिईन्छ । यद्यपी, खेतीपाती बाहेक अन्य पेशा, व्यवसाय गर्नेहरुले पनि आजको दिनमा दही चिउरा खाएर दिवस मनाउने गर्दछन् । 

खेतमा रोप्नका लागि ब्याड  तयार भए पनि मलखाद नपाएर रोपाई कसरी शुरु गरौँ भन्ने पिरलो तिलोत्तमाकै अर्का किसान गिरीमान पुनलाई छ । उनी भन्छन्, ‘धान रोप्ने बेला भइसक्यो । तर खेतमा प्रयोग गर्ने रासायनिक मल अहिले सम्म पाएको छैन्, ‘पानी परिरहेकाले केही दिनमै रोपाई गर्ने हुने अवस्था छ । खेतीका लागि मल छैन’, मलका लागि सहकारी कार्यालय देखि बजारसम्म पुग्दा पाउन सकिएको छैन ।

खेतीपातीको समय आईसक्दा पनि मल नपाएपछि किसानहरु समस्यामा परेको उनको भनाई छ । ‘किसानका लागि मानो रोपेर मुरी फलाउने समय आइसक्यो’, उनले भने– ‘तर किसानहरु मल नपाउँदा समस्यामा परेका छन् ।’ उनले जतिसक्यो चाँडो रासायनिक मलको व्यवस्था गर्न सरकारसँग मागसमेत गरेका छन् । 

मल नपाएर चिन्तित वनेका किसान बोहरा र पुन मात्रै होईनन् अरु किसानहरुको पनि समस्या उस्तै छ । कृषि ज्ञान केन्द्र रुपन्देहीका सुचना अधिकारी अनिल बाँनियाले दिएको जानकारी अनुसार रुपन्देहीमा कुल खेतीयोग्य जमिन ८२ हजार ६ सय २२ हेक्टर रहेकोमध्ये कूल खेती गरिने ८० हजार १ सय २२ हेक्टर जमिनमा खेती हुने गरेको वताए । 

साथै उनले बाँकी २ हजार ५ सय हेक्टर जमिन कुनै बाँझो राखिएको छ भने, कुनै प्लटिङ्ग गरिएको जनाइएको छ । लुम्विनी प्रदेशका १२ वटा जिल्लाहरु मध्ये सबैभन्दा धेरै धान र गहुँ उत्पादन हुने जिल्लाको रुपमा रुपन्देहीलाई पकेट क्षेत्रको रुपमा लिईन्छ । 

कृषि ज्ञान केन्द्र रुपन्देहीका अनुसार जिल्लामा ५७ हजार ९ सय ८९ हेक्टर अर्थात् ७२ प्रतिशत सिंचाई व्यवस्था रहेको उल्लेख छ । धान ६४ हजार ८ सय १९ हेक्टर क्षेत्र रहेको छ भने, २ लाख ७० हजार ७ सय ८२ मेक्ट्रिक टन अर्थात् ४.२ उत्पादकत्व रहेको केन्द्रले जनाएको छ । रुपन्देहीमा असार १४ गते सम्म १६ प्रतिशत रोपाइँ सकिएको तथ्याङ्क छ । आज २५ देखि ३० प्रतिशत सम्म रोपाइँ हुन सक्ने अनुमान केन्द्रको रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ