arrow

घुस लिने अमिनविरुद्ध मुद्दा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १२ आइतबार
special-court.jpg

काठमाडौं । अख्तियार दुरुपयोग अनुसनधान आयोगले नापी कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत अमिन टेकबहादुर रायमाझीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार अमिन बस्नेतले जग्गाको हाल साविक गर्ने प्रयाजनार्थ सेवाग्राहीसँग रु ३० हजार घुस मागेको पाइएको छ । आयोगको बुटवलबाट गएको टोलीले अमिन रायमाझीलाई पक्राउ गरेको थियो । आयोगले आरोपी रायमाझीलाई बिगो बमोजिमको कारबाहीको माग गरेको छ । 

यस्तै, आयोगले प्राकृतिक स्रोत तथा साधनको ठेक्का प्रदान गर्दा व्यवसायीसँग प्रक्रिया नपुर्याएको र पछि रद्द गरेर राज्यलाई हानी पुर्याएको अभियोगमा फतुवा विजयपुर नगरपालिका रौतहटका तत्कालीन र हालका समेत नगरप्रमुख रहेका गोपाल राय यादव तत्कालीन उपप्रमुख कान्ती देवीलगायत विभिन्न वडाका अध्यक्षले कार्यपालिकाको बैठकको निर्णय कार्यान्वयन गराउन आलटाल गरेको पाइएको छ । 

आयोगले नगरप्रमुख, उपप्रमुखसहित विभिन्न वडाका अध्यक्षहरू विरुद्ध रु एक करोड ५३ लाख ५० हजार १९९ बराबरको बिगो दाबी गरेको छ । 

यस्तै, आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सागरकुमार रोका, निमित्त प्रशासकीय अधिकृत गोकूल ढुङ्गेल र रञ्जना साहविरुद्ध रु एक करोड ५३ लाख ५० हजार १९९ बराबरकै बिगो कायम गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ