यी हुन् डीआईजीमा बढुवा सिफारिस भएका चार महिलासहित १७ एसएसपीहरु
हाम्रा कुरा
प्रकाशित २०७९ असार ९ बिहिबार
1k
Shares
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका १७ जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको छ । बुधबार राति मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले १७ जनाको बढुवा सिफारिस गरेको हो ।
पहिलो पटक एकैपटक चार जना महिलासमेत डीआईजीका लागि सिफारिस भएका छन् । बढुवा सिफारिस हुनेहरुमा बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य र सन्दीप भण्डारी रहेका छन् ।
त्यस्तै सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा रहेका छन् ।