कोरोना भाइरस चीनकै ल्याबबाट फैलिएको सम्भावना उचित हो- डब्ल्यूएचओ
हाम्रा कुरा
प्रकाशित २०७९ असार ५ आइतबार
598
Shares
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सार्वजनिक रूपमा काेराेना भाइरसकाे महामारीको उत्पत्तिको बारेमा सबै परिकल्पनाहरू टेबलमा रहन्छ भन्दै आएको छ ।
यद्यपि डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले हालै एक वरिष्ठ युरोपेली राजनीतिज्ञलाई गोप्य रुपमा कोरोना भाइरसको उत्पत्तिको सम्भावित व्याख्या चीनको वुहानस्थित प्रयोगशालाबाट लिक भएको हुनसक्ने बताएका छन् ।
चीनको वुहानमा नै कोभिड १९ को पहिलो बिरामी फेला परेको थियो । डेलिमेलका अनुसार डब्ल्यूएचओका प्रमुख टेड्रोसले वुहानको प्रयोगशालाबाट भाइरस बाहिरिएको भन्ने कुरा नै सबेभन्दा उचित व्याख्या हुनसक्ने बताएका हुन् ।
कोभिड १९ र अन्य मुद्दाहरूमा सदस्य राज्य सूचना सत्रको आफ्नो उद्घाटन टिप्पणीका क्रममा बोल्दै टेड्रोसले भनेका छन्, 'हामीले नोबेल कोरोना भाइरसको पहिलो केस पहिचान गरेको अब साढे दुई वर्ष भइसक्यो, यो कहाँबाट आयो वा कसरी मानव जातिमा प्रवेश गर्यो भन्ने जवाफ हामीसँग छैन ।'
गत वर्ष डब्ल्यूएचओले प्रकोप वा महामारी फैलाउने सम्भावनाका प्याथोजनको अध्ययनका लागि नयाँ विश्वव्यापी रूपरेखा उत्पादन गर्न २७ जना विशेषज्ञहरूको टोली गठन गरेको थियो।
आफ्नो पहिलो प्रारम्भिक रिपोर्टमा नोभेल प्याथोजेन्सको उत्पत्तिका लागि तथाकथित वैज्ञानिक सल्लाहकार समूह (सागो) ले यो शताब्दीमा सबैभन्दा खराब विश्वव्यापी महामारी (कोभिड १९) को पछाडि भाइरसको उत्पत्तिको बारेमा कुनै निर्णायक निष्कर्ष नभएको कुरामा जोड दियो।
यो समूहलाई कोभिड १९ रोग निम्त्याउने सार्स कोभ २ भाइरसको उत्पत्तिको अनुसन्धानमा अगाडि बढ्ने बाटोमा स्वतन्त्र मूल्याङ्कन प्रदान गर्ने जिम्मेवारी दिइएको छ।
'अहिले तथ्यांकका केही मुख्य टुक्राहरू छन्, जुन कोभिड १९ महामारी कसरी शुरु भयो भन्ने पूर्ण बुझाइको लागि अझै उपलब्ध छैन,' थप अध्ययनहरूको दायरा आवश्यक रहेको कुरामा जोड दिँदै उनीहरूले आफ्नो रिपोर्टमा लेखेका छन् ।