arrow

अन्ततः निहारिकाले तोडिन् अनसन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३ शुक्रबार
neharika.jpg

काठमाडौं । लामो समयदेखि आमरण अनशनमा रहेकी निहारिका राजपूतले अनसन तोडेकी छन् । सरकारसँग पाँच बुँदे सहमति भएपछि उनले अनशन तोडेकी हुन् । उनको अनशन तोडाउन सरकारको तर्फबाट गृहमन्त्री बलाकृष्ण खाँड पुगेका थिए । 

बिहीबारको राष्ट्रिय सभाका सांसदहरूले न्यायको माग गरी सङ्घीय राजधानीमा अनशनरत निहारिका राजपूतलाई न्याय दिलाउन सरकार समक्ष माग गरेका थिए । 

उच्च अदालत धनुषाले बलात्कारको मुद्दामा अभियुक्त शिवराज श्रेष्ठलाई सफाइ दिएपछि उनी अनसन बसेकी हुन् । अदालतले आफ्नो काखमा दुधे बालक देख्दादेख्दै दोषी श्रेष्ठलाई सफाइ दिएपछि आफू अनशन बस्न बाध्य भएकी थिइन् । ०७६ कात्तिक ६ गते बेलुका जनकपुरमा डेरा गरी बस्ने श्रेष्ठले उनलाई कोठामा लगेर औषधी खुवाई बेहोस अवस्थामा जबरजस्ती करणी गरेका थिए ।

पाँच बुँदेमा प्रतिवादी शिवराम श्रेष्ठ र अनसनकर्ता निहारिकाका छोराको डिएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, अनसनकर्ता र निजको छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, अनसनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने, न्याय राज्यका सम्पूर्ण निकाय पीडित मैत्री बनाउन पहल गर्ने लगायतका सहमति दुई पक्षबीच भएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ