दुगडले भने- विगत २५ वर्षमै देशको अर्थतन्त्र सङ्कटपूर्ण अवस्थामा छ
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २६ बिहिबार
1.2k
Shares
काठमाडौं । सांसद तथा उद्योगी मोतीलाल दुगडले देशको आर्थिक अवस्था विगत २५ वर्षमा सबैभन्दा सङ्कट पूर्ण अवस्थामा रहेको बताएका छन् । प्रतिनिधि सभामा बोल्दै उनले भने ,'तरलताको अभाव छ, पुजी छैन । राष्ट्र बैकसँग विदेशी मुद्रा छैन । देशको आर्थिक अवस्था विगत २५ वर्षमा सबैभन्दा सङ्कट पूर्ण अवस्थामा छ ।'
उनले एकजुट भएर समस्याको समाधान खोज्नुपर्ने बताए । उनले अहिलेको अवस्था प्रति सभामुखको ध्यानाकर्षण गराए । उनले भने,' सरकार गम्भीर हुनै पर्छ सरकार गम्भीर हुँदैन भने यो समयलाई भोग्नुपर्छ । उद्योग धन्दा मात्र चौपट गर्ने होइन बेरोजगारकीको समस्या आउँछ । चलिरहेको उद्योगहरू पनि बन्द हुने अवस्था आइसकेको छ । हामीसँग नीतिको अभाव छ ।'
उनले बजेट एउटा कृत्रिम आकर्षण भएको बताए । उनले देशभरका उद्योगी व्यवसायी आन्दोलनमा रहेको बताए । आज देशमा बजेटको विरोध भएको भन्दै संसद्मा अडियो पनि सुनाए ।