arrow

प्रहरीका पाँच एआईजीलाई दज्र्यानी चिह्न प्रदान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २५ बुधबार
aigs-2079.jpg

काठमाडौं । नेपाल प्रहरीका पाँच प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई दज्र्यानी चिह्न प्रदान गरिएको छ  । मन्त्रिपरिषद्को यही जेठ २३ को निर्णयअनुसार प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका उत्तमराज सुवेदी, अरुणकुमार विसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई बुधबार प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले दज्र्यानी चिह्न प्रदान गरेका हुन् ।  

उनले पदोन्नति भएका प्रहरी अधिकृतबाट हाल भइरहेका कामलाई निरन्तरता दिँदै सुधारका पक्षलाई समेत समेटेर उत्कृष्ट काम हुने विश्वास व्यक्त गरे । पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षकको तर्फबाट मन्तव्य व्यक्त गर्दै सुवेदीले आफ्नो वृद्धि, विवेकले भ्याएसम्म प्रहरी सङ्गठन, देश र नागरिकको सेवामा उच्च मनोबलका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ