डिसहोममा एक वर्षको रिचार्ज गर्दा इलामकी राईले जितिन् नगद एक लाख
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २५ बुधबार
965
Shares
काठमाडौँ। एक वर्षको रिचार्ज गर्दा २४ महिना डिसहोम हेर्न पाइने भएको छ। यो योजना अन्तर्गत डिसहोम डिटिएचका ग्राहकहरूले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन्। साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउने कम्पनीले जनाएको छ।
यसै क्रममा फाकफोकथुम २, इलामकी मन्दिरा राईले नगद रु एक लाख जिनेकि छिन्। कुबेर इलेकट्रोनिक्स पुवाखोला, इलामका डिलर दाईकोमा एक वर्ष रिचार्ज गरेर राईले लक्की ड्रमा सहभागी हुने अवसर पाएका थिए।
डिसहोमको तर्फ वाट रिजनल सेल्स म्यानेजर विपिन्द्र न्यौपाने, डिस्ट्रीव्युटर म्यानेजर हेमन्त निरौला र सेल्स अफिसर प्रज्वल अधिकारी इलाममा पुगेर राईले जितेको पुरस्कार रकम हस्तान्तरण गरेका छन्। विजेता राईलाई हार्दिक बधाई दिँदै सम्पूर्ण डिसहोम डिटिएचका ग्राहकहरूले यो योजनामा सहभागी जनाई लाभ लिने भन्ने विश्वास कम्पनीले लिएको छ।
लक्की ड्र को प्रत्यक्ष प्रसारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिसहोम रियालिटी टिभी, रमाइलो एचडी, सरोकार टिभी, नेपा: च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिने कम्पनले जनाएको छ।