arrow

सांसदले सभामुखलाई सोधे- प्रधानमन्त्रीले नियुक्ति गरेका र बजेट प्रस्तुत गर्ने जनार्दन एकै हुन् ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २० शुक्रबार
janardan-rajswa.JPG

काठमाडौं ।  प्रतिनिधि सभामा सांसदले अर्थमन्त्री जनार्दन शर्माको नामलाई लिएर नियमापत्ति जनाएका छन् । शुक्रवार सभामुख अग्नि सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक वर्ष २०७९-८० को राजस्व र व्ययको वार्षिक अनुमान माथि उठेका प्रश्न को उत्तर दिन अनुमति दिन्छु भनेपछि सांसदले नियमापत्ति जनाएका हुन् । 

सांसदले भने,' प्रतिनिधि सभा नियमावली २६ बमोजिम मेरो नियमापत्ति छ । नेपालको संविधानको धारा ११९ ले अर्थमन्त्री ज्यूले दुवै सदनको संयुक्त बैठकमा आयव्यय बजेट प्रस्तुत गर्ने व्यवस्था छ । हाम्रो देशको अर्थमन्त्रीको हुन गराइनेछ र वेबसाइटमा गएर हेरे ७८/३/२९ गते प्रधानमन्त्रीले अर्थमन्त्री नियुक्ति गर्दा जनार्दन शर्मालाई गरेको देखियो ।  बजेटको वक्तव्य हुँदा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरबाट प्रस्तुत भएको पाइयो । यसैगरी आज कार्यसूची हेरे कार्यसूची हेर्दा जनार्दन शर्मा ज्यूलाई सम्माननीय ज्यूले अनुमति दिएको पाइयो ।' 

उनले प्रधानमन्त्रीले नियुक्ति गरेको र बजेट प्रस्तुत गर्ने जनार्दन एकै हुन् भनी प्रश्न गरे । उनले भने,' सम्माननीय ज्यू, प्रधानमन्त्रीले एउटा व्यक्तिको नियुक्ति गर्ने बजेट अर्को नामको व्यक्तिले प्रस्तुत गर्ने जवाफ फेरि अर्को व्यक्तिले दिने मिल्छ र ? सम्माननीय मैले त दुइटा उस्ता उस्तै नामलाई उस्तै अनुहार भएकोले मानौला बजेट पनि कहीँ जनार्दन शर्मा जस्तो प्रभाकर जस्तो देखिन्छ । यो पनि मानौला तर भोलि इतिहास विदले अध्ययन गर्दा गर्दा के होला यसले संसद्को गरिमा बढौला कि घटौला ? सम्माननीय ज्यू । हामी कस्तो अवस्थामा जाँदै छु यस विषयमा सम्माननीय सभामा प्रस्ट विचार राख्नु पर्छ भन्ने मैले ठानेको छु ।' 

सांसदको प्रश्नको उत्तर दिँदै सभामुख सापकोटाले भने,'मैले अनुमति दिने क्रममै भनेको छु माननीय अर्थमन्त्री जनार्दन शर्मालाई नै आधिकारिक औपचारिक नाम हो । अरू कुरा मैले रुलिङ गरे त्यही साँचो हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ