arrow

भीम रावलको प्रश्न- उमेरको सीमा ६८ बनाउनुको के औचित्य छ ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १९ बिहिबार
bhim-rawal-uml-2078-kartik.jpg

काठमाडौं । नेकपा एमालेका नेता सांसद डा. भीम रावलले उमेरको सीमा ६८ बनाउनुको के औचित्य छ र भनेर प्रश्न गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद रावलले आर्थिक संयम नभई राज्य कोष फजुल खर्च गर्ने दिशा लिएको बताए ।

उनले सोधे,' ७० वर्षाका मानिसका लागि रक खर्च गरेको भए औचित्य हुन्थ्यो उमेरको सीमा ६८ बनाउनुको के औचित्य छ र ?' 

अर्थमन्त्रीको बजेटलाई केलाउँदा बजेट चुनावी प्रचारका लागि आएको घोषणा पत्र जस्तै रहेको बताए । बजेटमा हटाउनुपर्ने र संशोधन गर्नुपर्ने धेरै कुराहरू रहेको बताए। 

उनले भने,' यसले नेपालको संविधानको धार ५० मा उद्देश्य राष्ट्रिय एकता, राजनीतिक तथा सामाजिक, अर्थ, कृषि भूमिसुधार लगायत धारा ५२ मा उल्लेखित राज्यको दायित्व सम्बन्धी प्रावधान विपरीत दिशा समातेको देखिन्छ । नेपालको संविधानको धारा ५ ले निर्दिष्ट गरेको नेपालको स्वतन्त्रता, सार्वभौमता, स्वाधीनता, सिमानाको रक्षा, स्वाभिमान आत्मासात गरि देशलाई बलियो बनाउने बाटो समातेको छैन ।'  

उनले एमसीसीबारे नेपाल र अमेरिका बीच भएका पत्राचार बारे कुनै जानकारी नदिइएको गुनासो गरे। उनले भने,' एमसीसी होहल्लाबिच जबरजस्ती अनुमोदन गरिएको थियो । संसद्मा त्यस घोषणा बारे नेपाल र अमेरिका बीच भएका पत्राचार बारे कुनै जानकारी दिइएको छैन ।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ