arrow

'बजेट रोम जलिरहँदा नीरो बाँसुरी बजाएर बसिरहेको प्रतीत हुन्छ'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १९ बिहिबार
nabinas.PNG

काठमाडौं । सांसद नवीना लामाले बजेट रोम आगोमा जलिरहँदा नीरो बाँसुरी बजाउन व्यस्त रहेको जस्तो भएको टिप्पणी गरेकी छन् । बिहीबार बजेटमाथि आफ्नो धारणा राख्दै  छलफलमा उनले यस्तो बताएकी हुन् । 

अहिलेको अर्थतन्त्रको समस्या समाधानका लागि यो बजेटले कुनै सहयोग नगर्ने उनले बताइन् । महँगी नियन्त्रणका लागि कुनै प्रस्ताव आएको देखिँदैन । भान्साका दैनिक उपभोग्य बस्तुको मूल्य बढाएको छ । उनले भनिन्,' त्यसैले यो बजेट रोम जलिरहँदा निरो बाँसुरी बजाएर बसिरहेको प्रतीत हुन्छ ।' 

उनले बजेट जति आकर्षण दिए पनि त्यति कार्यान्वयन कठिन रहेको सुनाइन् । युक्रेन रुस द्वन्दका कारण ८ प्रतिशत आर्थिक विकास र ७ प्रतिशतमा मूल्यवृद्धि लाई खुम्चाउनु हावादारी गफ भएको उनले बताइन् ।

उनले भनिन्,' मैले अन्यसँग सुझाव लिँदा यो बजेट एकदमै समस्यारहित अवस्थामा पनि कार्यान्वयन हुन नसक्ने वहाँहरूको दाबी छ । मूल्य वृद्धि १५ प्रतिशत भन्दा माथि जाने निश्चित छ ।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ