arrow

बजेट पूरा हुँदैन, नेटोका कारण युक्रेन सङ्कट : सुवाल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १९ बिहिबार
prem-suwals.PNG

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले युक्रेन सङ्कट नेटो सैन्य मोर्चाको कारण देखिएको बताएका छन् ।  बिहीबार प्रतिनिधि सभाको बैठकमा भाग लिँदै सुवालले भने,' नेटो सैन्य मोर्चाको कारण युक्रेन सङ्कट देखिएको हो  । बर्तमा गठबन्धन सरकारले  राष्ट्र सङ्घको मतदानमा रुस विपक्षमा मतदान दिएको असंलग्नता र पञ्चशीलताको सिद्धान्त विपरीत छ ।'  

सांसद सुवालले बजेट पुरा नहुने बताए । उनले भने ,' अर्थमन्त्रीले बजेट वक्तव्यमा विश्व अर्थतन्त्रमा देखिने उतार चढाव र अस्थिरता इन्धनको मूल्यमा आउन सक्ने अस्वाभाविक वृद्धि  प्रकोपको जोखिमले बजेट कार्यान्वयनमा असर पुर्‍याउन सक्ने उल्लेख गर्नुभएको छ । यसको अर्थ यो बजेट कार्यान्वयन हुँदैन भनेर स्वीकार गर्नुभएको हो ।'

उनले अमेरिकाले रुसलाई उत्तेजित पारेको बताए । 'अमेरिकीको नेतृत्वमा नेटोले युक्रेनमा हतियार तैनाथ गरि रुसलाई उत्तेजित पार्दै छ । विश्वमा खाद्यान्न र इन्धनको मूल्य बढ्दो छ । यस कारण पनि नेपालमा आर्थिक सङ्कट थपिएको छ भनेर  लेख्नुपर्ने भयो ।'

एमसीसीले देशको सार्वभौमिकता र अखण्डतामा असर गरेको भन्दै सुवालले एमसीसी सम्झौता खारेज हुनुपर्नेमा संसद्को ध्यानाकर्षण गराएर । उनले एमसीसी राष्ट्रघाती भएको भन्दै खारेजीको माग गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ