arrow

अर्थमन्त्रीलाई गगनको प्रश्न- मलाई कसरी आश्वस्त पार्नुहुन्छ ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १९ बिहिबार
gagan-thapa-budget-parliament.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले बजेटबारे आफूलाई आश्वस्त कसरी पार्नुहुन्छ भन्दै अर्थमन्त्री जनार्दन शर्मासँग प्रश्न गरेका छन् । बिहीबार आर्थिक वर्ष २०७९-८० को बजेटमाथि प्रतिनिधि बैठकमा बोल्दै कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले कुन तथ्याङ्कका आधारमा बजेट ल्याएको भनेर अर्थमन्त्रीलाई प्रश्न गरे।

उनले अर्थमन्त्रीलाई सोधे- ,' बजेटको आकारको सम्बन्धमा खर्च घटाउने क्षमता नभएर यो चालु आर्थिक वर्षमा यसको आकार संशोधन गर्नुपर्छ भनेर माननीय अर्थमन्त्री ज्यूले संशोधन गर्नु भयो । हाम्रो स्रोत व्यवस्थापनमा हामी के नयाँ गर्दै छौ ? हाम्रो क्षमता अभिवृद्धि गर्ने कुरामा हामीले के नयाँ गर्दै छौ ? जसको कारणले गर्दा यो वर्ष अर्थमन्त्री ज्यूले २० प्रतिशत भन्दा बढी आकार बढाउने कुरा यहाँ प्रस्तुत गर्नुभएको छ । यसलाई म जस्तो एउटा सांसदलाई यसको आधार छ भन्ने कुरा तथ्याङ्कमा प्रमाणमा आधारित भएर मेले यसरी बजेट ल्याएको छु भने मलाई कसरी आश्वस्त पर्नुहुन्छ ?'

राजश्व वृद्धि हुन्छ भन्ने आधार के हो?, वैदेशिक सहयोग ५५ अर्ब आउने आधार के हो?, आयात घटाउँदै गर्दा राजश्व बढ्ने आधार के हो? भन्दै प्रतिनिधिमा उनले प्रश्न गरेका थिए । 

उनले सरकारमा हुने प्रधानमन्त्रीले आफ्नो क्षेत्र तर्फ बजेट केन्द्रित गर्ने भन्दै यस्तो नभएको कसरी भन्ने सकिने आधार खोजे । थापाले प्रदेशको सरकारलाई बोलाएर प्रधानमन्त्रीले बजेटबारे छलफल नगरेको पनि सुनाए ।

अर्थ मन्त्रालयले नीतिले कुनै एउटा समूह वा ग्रुपलाई पोस्ने काम गर्न नहुने थापाले धारणा राखे। थापाले बजेटले सरसरती हेर्दा जनता र निजी क्षेत्रमा विश्व दिलाएको बताए । उनले भने,' सिद्धान्त र प्राथमिकताको आधारमा पनि ठिक भएको छ । अर्थमन्त्रीले बुझेर लेख्नु भएको छ म यसको स्वागत गर्छु ।'
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ