arrow

कांग्रेसलाई पनि एमालेलाई जस्तै ठेगान लगाइदिने प्रचण्डको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १८ बुधबार
prachanda-maoist.PNG

काठमाडौँ  ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहंकार गरे कांग्रेसलाई पनि एमालेलाई जस्तै ठेगान लगाइदिने बताएका छन् । माओवादी केन्द्रले आजबाट शुरु गरेको निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै प्रचण्डले यस्तो बताएका हुन् ।  

पछिल्लो समय स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको जित पछि अहंकार बढेको तर्फ इङ्गित गर्दै उनले भने,' 'कांग्रेसलाई माओवादीले बडो मिहिनेत गरेर प्रधानमन्त्री बनायो तर एमालेको जस्तो अहंकार गर्‍यो भने हामीले कांग्रेसलाई एमालेलाई जस्तै ठेगान लगाउन नपरोस्।'

माओवादी अहिले पनि शक्ति केन्द्र भएको उनले बताए । उनले भने,' केही शक्ति केन्द्रका इन्टरलिजेन्स भन्ने हरूले हामीलाई ३० सिट दिएका थिए ।  ३० पालिका सम्म जित्न सक्छ माओवादीले  त्यो भन्दा माथि जाँदैन । केही हरूले ८० कट्दैन भनेका थिए ।  हाम्रो मेहनतले हामी १२२ सिटमा छौं । त्यो यस्तो शक्ति हो जसले देशलाई मोड्न सक्छ । पहिले हामीले जितेका स्थान हार्ने स्थिति नभएको भए हामी दोस्रो हुने थियौ । यो पुरै सम्भव थियो ।'

उनले स्थानीय तह चुनावमा गठबन्धन इमानदार नभएको बताए । उनले स्वरूप परिवर्तन गर्नुपर्ने बताए  । उनले भने,' लिडरसिपको हिसाबले पनि हाम्रो चाहना दोस्रो हुने थियो  तर गठबन्धन पनि भनेजस्तो भएन । महानगर र उपमहानगरमा पनि खासै सफल भएन । तल गएपछि त गठबन्धन झण्डै झण्डै गठबन्धन नरहेको जस्तै देखियो । रुकुम रोल्पा कालिकोटमा माओवादीलाई हराउन सबै लागियो ।'  तर आगामी निर्वाचनमा पनि गठबन्धनको आवश्यकता रहेको औंलाए । 

उनले प्रशिक्षण कार्यक्रम उपदेशको कार्यक्रम नभएको बताए ।  जनतालाई माओवादी जनप्रतिनिधि अझ बढी खराब छन् भन्ने लागको पनि प्रचण्डले सुनाए । 'तर हामीले सुध्रिएर जानुपर्छ' उनले भने,'भक्तपुरमा नेमकिपालाई हेर्नुस् ।'   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ