arrow

बजेटले हुनेखानेलाई पोसेको लालबाबुको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १८ बुधबार
lalbabu1.jpg

काठमाडौं । एमाले सांसद लालबाबु पण्डितले बजेटले गरिब दुखीलाई भन्दा हुने खानेलाई पोसेको बताएका छन् । आवको बजेट माथिको छलफलमा पूर्वमन्त्री समेत रहेका पण्डितले यस्तो बताएका हुन् । 

उनले भने , ' यो बजेटले कसलाई पोसेको छ भन्ने हो भने हुने खानेलाई पोसेको छ। यो बजेटले निजी क्षेत्रलाई पोसेको छ । किसानको पेन्सनको कुरा ठिक हो तर बजेटका कहाँ छ ?'

उनले बजेटमा उत्साह, भरोसा नभएको टिप्पणी गरे । उनले भने,' यो बजेटले जनतामा जुन खुसीयाली उत्साह भरोसा हुनुपर्ने हो त्यो देखिको छैन । यो बजेट ३० प्रतिशत सुनिएको रूपमा आएको छ । वित्तीय लगानी विकास खर्च घटाएर अनि समृद्धि आउँछ जनता सुखी हुन्छन् । खुसी हुन्छन् भन्ने कुरा चाहिँ गलत हो । त्यस कारणले गर्दा यो चुनावी ६ महिने बजेटको रूपमा प्रचार र नाराको रूपमा ल्याइएको स्थिति हो ।' 

उनले थपे,' यो निर्वाचन वर्षा आव आउने ६ महिनाभित्रै पूरक बजेट लिएर हुनुपर्ने स्थिति भएकोले गर्दा अर्थतन्त्र खुम्चिएको अवस्थितिमा र विश्वास काम गर्न गर्न नसक्ने भएकोले गर्दा यो कुराको प्रतिपक्ष तर्फबाट यो संसद्मा कुरा राख्दा । अनि बुझ्ने राम्रो राम्रो मात्रै छ भने हुने डाक्टरले तपाईँको जिउ सुनियो अब औषधी खानुहोस् भन्दा म डाक्टर पनि चिन्दिन उपचर पनि गर्दिन भन्ने हो भने त्यसको अडानले कहाँ पुर्‍याउँछ ?' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ