किन रोकिएन मापसे गरी सवारी चलाउन ? उपत्यकामा एकैदिन एक सय १६ जना पक्राउ
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १७ मंगलबार
511
Shares
तस्बिर– सांकेतिक
काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार २४ जना सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरुलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानमा कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १६६ जना, तीव्र गतिमा सवारी साधन चलाउने ८३ जना, मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने ११६ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ७४ जना रहेका छन् ।
यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ६८ जना, अवस्था ठीक नभएका सवारी साधन चलाउने ३० जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४६ जना क्षमता भन्दा बढी यात्रु राख्ने ३२ जना र लेन उल्लंघन गर्ने ३२ जना चालकलाई कारवाही गरिएको कार्यालयले जनाएको छ ।
आजकल मासपे गरी सवारी चलाउनेहरु कम भएको बताइए पनि एकैदिन ११६ जना पक्राउ पर्नुले भने ट्राफिक कडाइ कम भएको भएको भन्ने बुझ्न सकिन्छ ।