arrow

नेपाल प्रहरीमा आईजीपीको बढुवाविरुद्धको सुनुवाइ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १७ मंगलबार
police-head-Q.jpeg
तस्बिर– फाइल

काठमाडौं । सर्वोच्च अदालतमा प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विरूद्धको सुनुवाइ मंगलबारदेखि हुने भएको छ । न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले गत बैशाख २२ गतेको मुद्दाको अन्तिम सुनुवाइ मंगलबारबाट हुने आदेश दिएको थियो । उक्त इजलासले सरकारका तर्फबाट अन्तिम सुनुवाइका लागि लिखित जवाफ माग गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

आदेशमा तोकिएको दिनमा नै अन्तिम सुनुवाइ गरिने र सो मिति सार्न नपाइने उल्लेख थियो । सोही आदेशानुसार मंगलबारदेखि उक्त विवादमा अन्तिम सुनुवाइ हुन लागेको हो ।

सरकारले आईजीपीमा धीरजप्रताप सिंहलाई बढुवा गरेपछि एआईजी विश्वराज पोखरेलले बढुवाका लागि आफू योग्य भएको तर सरकारले तेस्रो वरियताका व्यक्तिलाई बढुवा गरेको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ