arrow

सेना लाग्यो मानापाथी तर्फ, घटनास्थल यकिन भएन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १५ आइतबार
pokhara-tara-air.PNG

काठमाडौं । हराइरहेको तारा एयरको ट्विनअटर विमान मुस्ताङको मानापाथी हिमाल नजिक विमान फेला परेको बताइए पनि त्यसको कुन स्थान हो भन्ने ठ्याक्कै यकिन जानकारी नभएको जोमसोम विमानस्थलले बताएको छ । 

यसअघि मुस्ताङको मानापाथी हिमाल नजिक विमान फेला परेको बताइएको थियो । सो स्थानमा बाक्लो हुस्सु लागेका कारण ठाउँको यकिन गर्न नसकिएको हो । 

स्थानीयले विमान हिमालको फेदको गहिरो खोचमा रहेको बताएपछि तारा एयरको जहाज खोज्ने कार्यलाई मानापाथी हिमालको फेदीतर्फ केन्द्रित गरिएको छ ।

भेडीगोठवाला स्थानीयद्वारा मानपाथी हिमालको फेदीतर्फ जहाज दुर्घटना भएको हुनसक्ने जानकारीका आधारमा खोजी टोली त्यसतर्फ लागेका छन् । 

उक्त क्षेत्रमा जहाजको खोजीका लागि स्थल मार्ग हुँदै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोली परिचालन भएको छ । घटनास्थल मानापाथी हिमाल मुस्ताङको थासाङ गाउँपालिकामा पर्छ।

पोखराबाट स्थानीय समयअनुसार बिहान ९:५५ बजे जोमसोमका लागि १९ यात्रु र तीन चालक दलका सदस्यसहित उडेको उक्त जहाज अन्तिम पटक जोमसोम टावरसँग १०:७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको र सोपश्चात् उक्त जहाज सम्पर्कविहीन थियो ।

यता बाक्लो हुस्सु लागेका कारण पोखराबाट खोजीका लागि गएको नेपाली सेनाको हेलिकप्टर कोवाङमा अवतरण भएको र अर्को फिस्टेल एयरको हेलिकप्टर जोमसोम विमानस्थलमा रहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले जानकारी दिएका छन् । 
    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ