स्थानीय भन्छन्- 'औसतभन्दा कम उचाइमा पटकपटक घुमेको थियो जहाज'
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १५ आइतबार
1k
Shares
बलेवा । पोखराबाट मुस्ताङका लागि उडेको तारा एयरको नाइन एन एइटी ट्विनअटर विमान आज बिहान औसतभन्दा कम उचाइमा थासाङ पुगेको थियो ।
हल्का वर्षा भइरहेका समयमा घरभन्दा केही माथि जहाज दुई तीन पटक घुमेको देखेको थासाङ गाउँपालिका-२ बोक्से खोलाका विकल बागदासले बताए ।
“हामी खाना खाँदै थियौँ, जहाज धेरै पटक घुमेको थियो”, उनले भने, “हल्का कुहिरो लागेर पानी परिरहेको थियो” । उनले यसअघि मुस्ताङ जाने जहाज यति धेरै तल आएको नदेखेको बताए ।
“घरमै ठोकिन्छ जस्तो गरेर दुई, तीन पटक घुम्यो, हामी गाउँले सबैले बाहिर निस्केर हेरेका थियौँ”, उनले भने, “केही बेरमा अलिमाथि उडेर गयो, पानी परेकाले घुमेको होला भन्ने लागेको थियो ।”
सम्पर्कविहीन भएको तारा एयरको विमानमा १९ जना यात्रु लिएर बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो ।