arrow

एनसेलद्वारा पुलचोक क्याम्पसका उत्कृष्ट विद्यार्थीहरूलाई ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७८’ प्रदान 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ११ बुधबार
ncell-award-pulchowk-2022.jpg

काठमाडौँ। एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत  इन्जिनियरिङ अध्ययन संस्थान, पुलचोक क्याम्पसको पाँच सङ्कायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरूलाई बुधवार एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७८ प्रदान गरेको छ। छात्रवृत्ति तथा उत्कृष्टता सम्मान एनसेलको मुख्य कार्यालय एनसेल आइकन, लैनचौरमा आयोजित एक विशेष कार्यक्रममाझ विद्यार्थीका अभिभावकहरू, इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापकहरू र अन्य पाहुनाहरूको समुपस्थितता प्रदान गरिएको हो।

२०७१ सालबाट सुरु गरिएको यस एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमले प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरूको पहिचान र उनीहरूको शैक्षिक उत्कृष्टताको कदर गर्ने उद्देश्य राखेको छ। यस कार्यक्रम अन्तर्गत सिभिल, इलेकट्रिकल, इलेकट्रोनिक्स एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ सङ्कायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरिन्छ।

यस वर्ष अर्थात् २०७८ का लागि १८ वटा शीर्षक अन्तर्गत सिभिल, इलेकट्रिकल, इलेकट्रोनिक्स एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ सन्काएका १८ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति प्रदान गरिएको छ। साथै उत्कृष्ट नतिजा ल्याई यी पाँच सङ्कायबाट स्नातक उत्तीर्ण गरेका ६ जना विद्यार्थीहरूलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको छ। 

इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा.डा.शशीधर राम जोशी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले संयुक्त रूपमा विद्यार्थीहरूलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरेका थिए। त्यसै गरी, एनसेलका प्रमुख मानव संसाधन तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तव, प्रमुख सूचना अधिकृत विशाल मणि उपाध्याय, प्रमुख कानुन, संस्थागत सरकारी तथा नियामक मामिला अधिकृत रमेश घिमिरे र प्रमुख वित्तीय अधिकारी अनुपम भाटले विद्यार्थीहरूलाई एनसेल छात्रवृत्ति प्रदान गरेका थिए।

कोभिड महामारीका कारणले गर्दा गत वर्ष छात्रवृत्ति तथा उत्कृष्टता सम्मानको कार्यक्रम आयोजना गर्न नसकिएकाले यसै कार्यक्रममा २०७७ सालका १८  जनालाई प्रदान गरिएको छात्रवृत्ति र ६ जना विद्यार्थीलाई प्रदान गरिएको उत्कृष्टता सम्मानको प्रमाण पत्र पनि प्रदान गरिएको छ। गत वर्ष कार्यक्रम आयोजना गर्न नसकिएता पनि यस कार्यक्रम अन्तर्गतको छात्रवृत्ति तथा उत्कृष्टता सम्मानको नगद पुरस्कार भने इन्जिनियरिङ अध्ययन संस्थान, पुलचोक क्याम्पसमार्फत विद्यार्थीहरूलाई प्रदान गरिएको थियो।

इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा.डा. शशीधर राम जोशीले यस कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै भने, “यस एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमकोलागि एनसेलसँग सहकार्य गर्न पाएकोमा निकै खुसी छौँ। यो कार्यक्रमले उदीयमान हाम्रा युवा प्रतिभाहरूका ज्ञान अभिवृद्धि गर्न ठुलो भूमिका खेलेको छ र यसले ज्ञानको विकासमा योगदान पुर्‍याउँछ। २०७१ साल देखि यस कार्यक्रमलाई निरन्तरता दिएकोमा हामी एनसेल प्रति आभारी छौँ।”

यसै गरी कार्यक्रममा आफ्नो मन्तव्य राख्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने, ‘‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रम हाम्रा सामाजिक पहलहरू मध्ये निकै प्रशंसा गरिएको एक कार्यक्रम हो। प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरूको पहिचान र उनीहरूको शैक्षिक उत्कृष्टताको कदर गर्नु यस कार्यक्रमको उद्देश्य रहेको छ। व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत, शिक्षा क्षेत्र हाम्रो प्राथमिकतामा छ र यसलाई हामी निरन्तर उच्च प्राथमिकता राख्छौँ।”

एनसेल छात्रवृत्ति इन्जिनियरिङ पाँच सङ्कायमा स्नातक तहको प्रथम, द्वितीय र तृतीय वर्षको वार्षिक परीक्षामा प्राप्त गरेको उत्कृष्ट नतिजाको आधारमा क्रमशः द्वितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले प्राप्त गर्दछन् भने पाँच वटै सन्काएका छात्रा मध्येबाट उत्कृष्ट नतिजा ल्याएका द्वितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत एक÷एक जना गरी तीन छात्राले यो छात्रवृत्ति पाउने गर्दछन्।

यसै गरी उत्कृष्टता सम्मान अन्तर्गत सिभिल, इलेकट्रिकल, इलेकट्रोनिक्स एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ सङ्कायमा सर्वोत्कृष्ट नतिजा सहित स्नातक तहको पढाइ सकाएका प्रत्येक सन्काएका १-१ जना र यी पाँचै सन्काएका छात्राहरू मध्यबाट सर्वोत्कृष्ट ठहरिएकी एक छात्राले उत्कृष्टता सम्मान प्राप्त गर्दछ । हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशि रु १,००,००० रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ