arrow

नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल पोखरामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १० मंगलबार
ramchandra-poude-2079l.jpg

पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पाँच दलीय गठबन्धनका संयोजक रामचन्द्र पौडेल मंगलबार पोखरा आइपुगेका छन् । कास्कीमा पाँच दलको गठवन्धनले संयुक्तरुपमा आयोजना गरेको धन्यवाद ज्ञापन र्यालीसहितको सभामा सहभागी भइ संबाेधन गर्नका लागि नेता पौडेल पोखरा आइपुगेका हुन् । नेता पौडेल बुधबार पोखराको कार्यक्रम सकेर तनहुँ जाने कार्यक्रम रहेको बताइन्छ ।

कास्कीमा पाँच दलको मंगलबार पोखरामा सम्पन्न संयुक्त बैठकले बुधबार धन्यवादसहितको संयुक्त र्याली र सभा गर्ने निर्णय गरेको नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकालले जानकारी दिए । 

ढकालका अनुसार बुधबार बिहान ११ बजे पोखराको सभागृहचोकबाट र्याली शुरु हुनेछ । र्याली न्यूरोड हुँदै चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार हुँदै पोखरा प्रदर्शनी केन्द्रमा पुगेर सभामा परिणत हुनेछ । सभालाई कास्कीका पाँच दलका शीर्षस्थ नेताहरुसहित कांग्रेस वरिष्ठ नेता एवं गठबन्धन संयोजक पौडेलले संवोधन गर्नेछन् ।

र्याली तथा सभामा पोखरा महानगरको मेयरमा निर्वाचित धनराज आचार्यसहित कास्कीका गाउँपालिका निर्वाचित प्रमुख, उपप्रमुख, पोखरासहितका सबै वडाध्यक्ष र वडा सदस्यका साथै पाँचै दलका नेता कार्यकर्ता सहभागी हुने बताइएकाे छ । 

पाँच दलीय गठबन्धनबाट साझा उम्मेद्वार बनेका धनराज आचार्यले नेकपा एमालेका कृष्ण थापालाई पराजित गर्दै पोखराको मेयरमा विजयी भएका छन् । योसहित नेपाली कांग्रेसले पोखराका दुई दर्जन वडामा विजयी हासिल गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ