एजेन्सी । कट्रिनाले आगामि चलचित्र 'बार बार देखो' मा बोल्ड देखिन ७ किलो तौल घटाएकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार कट्रिनाले बिकीनी सटका लागि सात किलो तौल घटाएकी हुन् ।
कट्रिना केफ पहिले पनि बिकिनीमा देखि सकेककी छन् । तर चलचित्र 'बार-बार देखो'मा उनको परफरमेन्स भने बिलकुल फरक हुनेछ । चलचित्रको गित 'सो आसमान' मा उनको परफरमेन्सलाई दीवा परफरमेन्सको संज्ञा दिइएको छ ।
चलचित्रको निर्देशक रित्या मेहेरा हुन् भने निर्माता करन जोहर, रितेश सेदवानि र फरहान अक्तर रहेका छन् । चलचित्र ९ सेक्टेम्बर २०१६ मा रिलिज हुदैछ ।