arrow

एआईजीका लागि पाँच डीआईजीको सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ९ सोमबार
police-head-Q.jpeg

काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को नाम सिफारिस भएको छ । 

गृह मन्त्रालयको सोमबार बसेको बढुवा समितिको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न सोही समूहतर्फका पाँच जनाको नाम महानिरीक्षकको नाम मन्त्रिपरिषद्‌मा सिफारिस गर्ने निर्णय गरेको हो ।


सिफारिस हुनेहरुमा उत्तमराज सुवेदी, अरुणकुमार बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह रहेका छन् । सुवेदीले सबैभन्दा बढी ७२.०१७८ अंक पाएका छन् ।

बीसीले ७१.७०११, लोहनीले ६७.६९४५, आचार्यले ६७.६७३८ तथा सिंहले ६३.३०६६ अंक पाएका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ