arrow

यार्सा संकलन खुला

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ९ सोमबार
yarsha.jpg
तस्बिर– फाइल

मुगु । मुगुम कार्मारोङ्ग गाउँपालिकाले १५ जेठदेखि मुगुमको पूर्वी करान भेगमा यार्सागुम्बु संकलन गर्न खुला गरेको छ । यसअवधिमा जिल्ला भित्र र बाहिरबाट आउने सर्वसाधारणले यार्सा संकलन गर्न सक्नेछन् ।    

वन प्रवेशका लागि गाउँपालिकाले कर उठाउने र कर बुझाएका संकलनकर्ताले १५ जेठबाट वन प्रवेश गर्न पाउने मुगुम कार्मारोङ्ग गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावलले बताए । 

उनका अनुसार जिल्ला भित्रका सर्वसाधारणबाट प्रति व्यक्ति दुई  हजार र बाहिर जिल्लाबाट आउने संकलनकर्ताबाट २५ सयका दरले गाउँपालिकाले कर उठाइने भएको छ । मुगुम कार्मारोङ्ग गाउँपालिका २ मुगु गाउँको रिमाण, ठूलोकोइकी, सानो कोइकी, छापाखोला, र्चाकुलगायत वनमा यार्सा पाइन्छ । 

यार्साबाट उठेको रकम गाउँपालिकामा जम्मा हुने र पछि गाउँपालिकाको बोर्ड मिटिङ्गमा छलफल गरी कहाँ कसरी खर्च गर्ने भन्ने विषयमा छलफल गरिनेछ । यार्सा संकलनको समयमा वन प्रवेशपछि वातावरणमा खलल पुग्ने कार्य नगर्न गाउँपालिकाले आग्रह गरेको छ । 

१५ जेठबाट यार्सा संकलनको समय अवधिभर वातावरणलाई खलल पुग्ने कार्य नगर्न आग्रह गरेको छ । यार्सा संकलनका क्रममा जथाभावी सिसा, प्लाष्टिक नफाल्न र रुख बिरुवा नकाट्न, चोरी निकासी नगर्न आग्रह गरेको गाउँपालिकाले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ