arrow

बाराको कोल्हवी नगरपालिकामा कांग्रेस विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ६ शुक्रबार
congress-flag1.jpg

कलैया । बाराको कोल्हवी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । 

नगरप्रमुखमा रामप्रासद चौधरी र उपप्रमुखमा लक्ष्मीकुमारी चौधरी निर्वाचित भएका हुन् । 

चौधरीले निकटतम प्रतिस्पर्धी एमालेका भरतबहादुर भण्डारीलाई ७०० बढी मतान्तरले हराएका हुन् । 

चौधरीले नौ हजार १०५ तथा भण्डारीले आठ हजार ३०७ मत ल्याए । 

यस्तै उपप्रमुखमा एमालेकी सुनैना थरुनीलाई ६०० बढी मतले पराजित गर्दै कांग्रेसकी लक्ष्मीकुमारी चौधरीले जित हासिल गरेकी छन् । 

लक्ष्मीले नौ हजार ८८ तथा सुनैनाले आठ हजार ४८३ मत प्राप्त गरेकी छन्। 

विसं २०७४ मा कोल्हबी नगरको प्रमुखमा एमालेका भण्डारी र एमालेकै थरुनी निर्वाचित भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ