arrow

गठबन्धनमा आफूले धेरै पद पाउनु पर्ने अडान राख्दा जनमोर्चा लज्जास्पद हार भोग्न वाध्य 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ५ बिहिबार
five-parties-new.jpg
तस्बिर– फाइल

प्यूठान । प्यूठानमा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहको गृह पालिकामा मसालको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चा पराजित भएको छ । स्थानीय तह निर्वाचन २०७९ बैशाख ३० गते भएको चुनावमा राष्ट्रिय जनमोर्चाका टीका जीसी माओवादी केन्द्रका पितबहादुर एमसीसँग २ सय ३३ मतान्तरले पराजित बनेका हुन् । 

माओवादीका एमसीसले ५ हजार ९२९ मत प्राप्त गर्दा राजमोका जीसीले ५ हजार ६ सय ९६ मत प्राप्त गरेका छन् । सिंह र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवम् प्यूठानबाट प्रतिनिधि सभा सदस्यसमेत रहेकी दुर्गा पौडेलको गृहपालिकामा नेपाली कांग्रेस र जनमोर्चाबीच चुनावी गठबन्धन थियो । माओवादी र एमालेबीच चुनावी तालमेल भएको थियो । 

पालिका उपाध्यक्षमा कांग्रेसका प्रमोद पोख्रेल ६ हजार ४ सय १९ मतका साथ विजयी भएका छन् । उनको प्रतिस्पर्धामा रहेकी एमालेकी विष्णु घर्तीले ४ हजार ५ सय ६२ मत ल्याएकी थिइन् । 

मसालको विरासतका रुपमा रहेको झिमरुका ५ मासमेत सिंहका उम्मेदवार देवेन्द्र जीसी नेकपा एमालेका दधिराम पोख्रेलसँग पराजित भएका छन् । पोख्रेलले ६ सय ३९ प्राप्त गर्दा जीसीले ५ सय ५८ मत प्राप्त गरेका छन् । 

उता स्थानीय तह निर्वाचन २०७४ मा राजमोका तर्फबाट जिल्ला समन्वय प्रमुख बनेका केशवराज आचार्य ऐरावती १ बाट वडा सदस्यमा पराजित भएका छन् । 
प्यूठान जिल्ला लामो समयदेखि मसालले जितिरहँदा राष्ट्रिय राजनीतिमा पहुँच कमजोर भइ प्यूठान विकासबाट पछाडि परेको भन्दै अहिले मतदाताले मसालको विकल्प खोज्न थालेको बताइएको छ । 

प्रतिनिधि सभा निर्वाचन २०७४ मा नेकपा एमाले, माओवादी केन्द्र र मसालको ३ दलीय गठबन्धनबाट कांग्रेस नेता प्रा. डा. गोविन्दराज पोख्रेललाई पराजित गर्दै पौडेल प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी थिइन् । 

केन्द्र स्तरमा पाँच दलीय गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा प्यूठानमा गठबन्धनमा आफूले धेरै पद पाउनु पर्ने जस्ता मागमा अडान रहेका कारण लज्जास्पद हार बेहोरेको छ । 

जनमोर्चाले प्यूठानका १० वटा वडामा मात्रै जित हासिल बनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ