arrow

प्रिबजेटबारे संसदमा छलफल जारी, योगेश भन्छन् –प्राधिकरण टाट पल्टिने अवस्थामा जाँदैछ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ४ बुधबार
yogesh-parliament-2079.jpg

काठमाडौं । प्रतिनिधि सभाको बैठक बसिरहेको छ । मंगलबारको बैठकमा पेस गरिएको आर्थिक वर्ष २०७९–८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफल शुरु भएको छ । 

छलफलको शुरुमा एमालेका सांसद योगेश भट्टराईले आफ्नो धारणा राखेका छन् । उनले विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा गएको बताएका छन् । उनले भारतबाट महंगोमा बिजुली किनेर सस्तोमा बेचेको विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा गइरहेको बताएका हुन् । 

‘अहिले पनि हामी मित्र राष्ट्रबाट महँगोमा बिजुली किनिरहेका छौं, आयात गरिरहेका छौं । महँगोमा किनेको बिजुली हामीले बेच्दा सस्तोमा बेचेका छौं । यसले क्रमशः विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा जाँदै छ,’ भट्टराईले भने । 

प्राधिकरणलाई जोगाउने विषयमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा नपरेको भन्दै उनले देशभित्र र बाहिरबाट ऊर्जामा लगानी बढाउनु पर्नेमा जोड दिए । रेमिट्यान्स घटेको विषयमा छानबिन गर्दा सरकारले गभर्नरमाथि कारबाही गरिएको उनले बताए ।  
 
नवौं र दशौं अधिवेशनका बैठक अवरोध गरेको एमाले ११औं अधिवेशनबाट भने बैठकमा हुने छलफलमा सहभागी हुन थालेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ