arrow

प्रतिनिधिसभाको बैठक शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३ मंगलबार
pradip-uml-parliament.jpg

काठमाडौँ। प्रतिनिधिसभाको ११औँ अधिवेशनको पहिलो बैठक शुरु भएको छ। बैठकको शुरुमा सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाएका थिए।

यसपछि एमालेको विरोध भएपछि सभामुख सापकोटाले एमालेका प्रदीप ज्ञवालीलाई बोल्न समय दिएका छन्। उनले अहिले आफ्नो धारणा राखिरहेका छन्।

नवौँ र दशौँ अधिवेशनमा आफूहरूको विरोध रहेको र अहिले विरोधको स्वरूप परिवर्तन गरेको जानकारी दिएका उनले सरकार देश सङ्कटमा पर्दा आफूहरू सचेत प्रतिपक्षीको भूमिका निभाउने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ