दार्चुला लेकम १ मा एमालेको प्यानलै विजयी, पालिकामा गठबन्धनको अग्रता
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
651
Shares
दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । ४७८ मत प्राप्त गर्दै एमाले उम्मेदवार नवराज पन्त प्यानलैसहित विजयी भएका हुन् । गठबन्धनबाट कांग्रेस उम्मेदवार महादेव साउदले ४४५ मत प्राप्त गरेका छन् भने, नेकपा एसले ५४ मत प्राप्त गरेको छ ।
तर, गाउँपालिकाको अध्यक्षमा भने एमाले उम्मेदवार परमानन्द जोशीले ३१४ मत प्राप्त गर्दा गठबन्धनका साझा उम्मेदवार माओवादीका रामदत्त जोशीले ५७२ मत प्राप्त गरेका छन्
नेकपा एकीकृत समाजवादीका नरेन्द्र रावलले ६४ मत प्राप्त गरेका छन् । गाउँपालिका उपाध्यक्षमा एमाले उम्मेदवार माधवी जोशीले ४४७ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार सुना जोशीले ४३० मत प्राप्त गरेकी छन् ।