arrow

माओवादीले खोल्यो खाताः डोल्पाको जगदुल्लामा अध्यक्ष र उपाध्यक्षमा विजयी, कांग्रेस–एमाले–समाजवादीको गठबन्धन पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
dolpa-narasingh-rokaya-maobadi.jpg

डोल्पा । नेकपा माओवादी केन्द्रले पालिका प्रमुखमा खाता खोलेको छ । माओवादीले डोल्पाको जगदुल्ला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष माओवादीले जितेको हो । नेकपा एमाले, नेपादी कांग्रेस र नेकपा एकीकृत समाजवादीको गठबन्धनलाई पराजित गर्दै माओवादीका नारासिं रोकाय विजयी भएका हुन् ।  

रोकायले ७ सय ७० मत ल्याएका छन् भने गठबन्धन तर्फका एमालेका उम्मेदवार हेमबहादुर महताराले ७ सय ४६ मत ल्याए । उपाध्यक्षमा पनि माओवादीकै अमृता बोहरा निर्वाचित भइन् । बोहराले ७ सय ५९ मत ल्याउँदा एमालेकी चन्द्रावती थापाले ७ सय ४९ मत ल्याइन् ।

६ वडा रहेको यस गाउँपालिकाका २ वडा माओवादी केन्द्रले जितेको छ भने ४ वडा गठबन्धनले जितेको छ । एमालेले १, ३ र ६ नम्बर वडा जितेको छ भने माओवादी केन्द्रले ४ र ५ नम्बर वडा जितेको छ । २ नम्बर वडा कांग्रेसले जितेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ