बाराको पचरौता नगरपालिका बाहेक सबै स्थानीय तहमा निर्वाचन सम्पन्न
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
877
Shares
फाइल तस्बिर
बारा। बारा रहेको १६ वटा स्थानीय तहमध्ये पचरौता नगरपालिका बाहेक सम्पूर्ण स्थानीय तहमा निर्वाचन सम्पन्न भएको छ। पचरौता नगरपालिका झडप भएका कारण स्थगित भएको हो।
आज बिहानैबाट तनावग्रस्त रहेको पचरौतामा स्थित नियन्त्रणमा लिन नसक्दा वडा नम्बर २ र ४ मा रहेको ४ वटा मतदान केन्द्रको निर्वाचन स्थगित गरिएको बारा जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
पचरौतामा लोसपा, जसपा र एमाले बिच त्रिपछिय झडप भएको थियो। 'आज बिहान बाराको देवताल गाउँपालिकामा काँग्रेस र जसपाबीच झडब भएपछि हामी जिल्लाका सुरक्षा प्रमुखसहित त्यहाँ पुगेर छलफल गरी पुनः मतदान गर्ने कार्य गरेका थियौँ। त्यस पश्चात् पचरौतामा भएको विवाद मिलाउन हामीले निकै प्रयास गर्यो। तर, सफल हुन सकेनौँ,' मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले भने।
त्यहाँको स्थिति हेर्दा निर्वाचन स्थगित गर्ने बाहेक अरू विकल्प नरहेको उनले बताए। उनले अब बारा निर्वाचन आयोगले सो ठाउँमा पुनः निर्वाचन मिति तय गरेपछि मतदान हुने बताएका छन्।
यस बाहेक बारा सम्पूर्ण तहमा करिब ७० प्रतिशत मतदाताले मतदान गरेको मुख्य निर्वाचन अधिकृत रेग्मीले जानकारी दिए।