arrow

एप्पललाई हराउँदै साउदी अरामको बन्यो विश्वकै मूल्यवान् कम्पनी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २९ बिहिबार
apple-vs-aramco.jpg

काठमाडौं । तेलको मूल्य बढेपछि विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातकर्ता साउदी अरामको विश्वकै सबैभन्दा बढी मूल्यवान् कम्पनी बनेको छ ।

अरामकोको शेयर मूल्यमा भारी वृद्धि भएसँगै आईफोन उत्पादक कम्पनी एप्पललाई हराउँदै अरामको विश्वकै ठूलो कम्पनी बनेको हो ।

बुधवार साउदी अरबको तेल कम्पनीको बजार पुँजीकरण २.४२६ ट्रिलियन डलर थियो, जुन एप्पलको २.४१५ ट्रिलियन डलर भन्दा केही बढी हो । सन् २०२० पछि यो पहिलो पटक साउदी आरामकोले शीर्ष कम्पनीका रूपमा स्थान पाएको हो ।

जनवरीको शुरुमा, एप्पल ३ ट्रिलियन डलरको बजार पुँजीकरणमा पुग्ने पहिलो कम्पनी बनेको थियो । यद्यपि पछिल्ला महिनाहरूमा यसको स्टक घटेको छ ।

जनवरीमा छोएको उच्च बिन्दुपछि एप्पलको स्टक १९ प्रतिशतले घटेको छ । साउदी आरामकोले सन् २०१९ मा कीर्तिमानी २५.६ अर्ब डलर जुटाएको थियो । साउदी सरकारले कम्पनीमा ९४ प्रतिशत शेयर नियन्त्रण गर्छ । 

कम्पनीले विश्वको सबैभन्दा ठूलो इनीसियल अफरिङमा १.५ प्रतिशत शेयर सूचीबद्ध गरेको थियो।

रियाद स्टक एक्सचेन्जमा कारोबार हुने साउदी आरामकोको शेयर यस वर्षको सुरुदेखि २७ प्रतिशतले बढेर ४६ रियाल (१२.२६ डलर) को नयाँ उच्च बिन्दुमा पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ