arrow

नरेन्द्र मोदी लुम्बिनी आउने भएसँगै भारतीय जम्बो सुरक्षाकर्मीको टोली भैरहवामा अवतरण

logo
नारायण वली,
प्रकाशित २०७९ वैशाख २८ बुधबार
sena helicopter.jpg

रुपन्देही । आगामी जेठ २ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालकै प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल लुम्बिनी प्रदेशमा रहेको भगवान् गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा आउने भएका छन् । 

मोदीको भ्रमण अवधिलाई सुरक्षा व्यवस्था मिलाउनका लागि जम्बो भारतीय सुरक्षाकर्मी एसपीजी (स्पेशल प्रोटेक्सन गार्ड) लिएर भारतीय वायुसेनाको विमान बुधबार भैरहवामा अवतरण गरेको छ ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्यामकिशोर शाहका अनुसार भारतीय वायुसेनाको इलुसियन विमान आईसी–७६ भैरहवामा अवतरण गरेको हो । उक्त विमान भारतको राजधानी नयाँ दिल्लीबाट सिधै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा आएको हो । सो विमानमा एसपीजीको टोली हो । 

लुम्बिनीमा भारतीय प्रधानमन्त्री मोदीसँग प्रधानमन्त्री शेरबहादुर देउवाको भेट हुनेछ । त्यहीँबाटै संयुक्त पत्रकार सम्मेलनसमेत हुनसक्ने बताइएको छ । 

यसपटक तीन दिन विशेष कार्यक्रमको आयोजना गरी बुद्ध जयन्ती मनाइँदै छ । मोदीले लामो समयदेखि बुद्ध जयन्तीमा नेपाल आउन चाहिरहेको बताएका थिए । 

यसपटक उक्त अवसर जुरेको हो । लुम्बिनी आएपछि उनले मायादेवीको दर्शन गर्नेछन् । त्यस्तै पाँच हजार भन्दा बढीको सहभागीता रहने एक कार्यक्रमलाई सम्बोधनसमेत गर्नेछन् । 

उक्त कार्यक्रममा नेपालका लागि विभिन्न दूतावासका राजदूतसँगै कुटनीतिज्ञहरुसमेत सहभागी हुनेछन् । साथै मोदीले भारतको लगानीमा निर्माण हुन लागेको मन्दिरकोसमेत शिलान्यास गर्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ