arrow

एनसेलले ल्यायो चुनाव लक्षित रिचार्जमा बोनस डेटा अफर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २७ मंगलबार
ncell-csr.jpg
फाइल तस्बिर

काठमाडौँ। एनसेल आजियाटा लिमिटेडले स्थानीय चुनावलाई  ध्यानमा राख्दै आकर्षक बोनस डेटा अफर ल्याएको छ। यस अफरमा ग्राहकले एनसेल एप मार्फत आफ्नो ब्यालेन्स रिचार्ज गर्दा बोनस स्वरूप ५० एमबी देखि ५०० एमबी डेटा प्राप्त गर्न सक्दछन्।

यो अफर वैशाख २३ गतेबाट लागू भईसकेको छ। जस अन्तर्गत एपबाट एनसेल एपबाट ब्यालेन्स रिचार्ज गर्ने प्रत्येक ग्राहकले आफूले रिचार्ज गरेको रकमको आधारमा बोनस डेटा पाउँछन्।

एप मार्फत रु ५० देखि रु ९९ रिचार्ज गर्ने ग्राहकले १ दिनको लागि मान्य हुने ५० एमबी डेटा पाउँछन्। रु १०० देखि रु १९९ सम्मको रिचार्जमा ३ दिन समय सीमा भएको २०० एमबी डेटा पाउँछन्। त्यसै गरी रु २०० वा सो भन्दा माथिको रिचार्जमा ग्राहकले ५०० एमबी डेटा पाउँछन्।

एनसेल एपबाट गरिने हरेक रिचार्जमा बोनस डेटा
आकर्षक कम्बो प्याक, गज्जबको दैनिक जीवी प्याक र अल नेट भ्वाइस प्याकबाट फाइदा लिन सकिने 

नयाँ बोनस डेटा अफर र अन्य विद्यमान अफरहरू जस्तै कम्बो प्याक, गज्जबको दैनिक जीवी प्याक र अल–नेट भ्वाइस प्याकले ग्राहकहरूलाई सुलभ दरमा डेटा र भ्वाइस सेवामा पहुँच सुनिश्चित गर्दछ।

डेटा र भ्वाइस दुवै सेवा चाहिने ग्राहकहरूका लागि कम्बो प्याक रहेको छ जसमा ५ जीवी डेटा भोल्युम र १०० मिनेट अल नेट टक टाइम पाइन्छ। यसमा पाइने टक टाइमबाट नेपालका अन्य जुनसुकै सेवा प्रदायकको नम्बरमा फोन गर्न सकिन्छ। कर सहित रु १६८ पर्ने यो प्याक एष्ट्रिक्स१७१२३एष्ट्रिक्स१ह्यास डायल गरी सजिलै लिन सकिन्छ।

भ्वाइस सेवा मात्र चाहिने ग्राहकहरूले मात्र रु.९४ मा ७ दिनका लागि मान्य १५० मिनेटको अल नेट भ्वाइस प्याक लिन सक्छन्। एनसेलका प्रिपेड प्रयोगकर्ताहरूले एष्ट्रिक्स१७११८एष्ट्रिक्स३एष्ट्रिक्स३ह्यास डायल गरी यो भ्वाइस प्याक लिन सक्छन्।

दैनिक रूपमा डेटा चाहिने प्रिपेड ग्राहकहरूका लागि गज्जबको दैनिक जीवी प्याकको विकल्प पनि रहेको छ। यसमा ग्राहकले मात्र रु १२९ मा ७ दिनका लागि दैनिक १ जीवी डेटा भोल्युम लिन सक्छन्।

एष्ट्रिक्स१७१२३एष्ट्रिक्स१ह्यास डायल गरी ग्राहकहरूले यो प्याक सुचारु गर्न सक्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ