arrow

दिनहुँ झडप हुन थालेपछि अर्थमन्त्रीको रोहबरमा कांग्रेस र माओवादीको संयुक्त अपील

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २६ सोमबार
local-level-election-12345.jpg

काठमाडौं । रुकुम पश्चिमको चौरजहारीमा कांग्रेस र माओवादी कार्यकर्ताबीच दिनहुँ झडप हुन थालेपछि दुवै दलले संयुक्त विज्ञप्ति जारी गरेर मैत्रीपूर्ण सम्बन्ध कायम गर्न अपील गरेका छन् ।

कांग्रेस रुकुम पश्चिम संयोजक प्रेमप्रकाश ओली र माओवादी संयोजक गोविन्द रोकाले संयुक्त विज्ञप्ति जारी गरी निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न र झडप रोकेर जिल्लाभर मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने सहमति भएको जनाएका हुन् ।

माओवादी नेतासमेत रहेका अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यमा भएको सर्वदलीय बैठकमा यस्तो सहमति भएको हो । बैठकमा प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकृत र राजनीतिक दलका नेताहरु सहभागी थिए ।

अवान्छित गतिविधिले सत्ता गठबन्धनका उद्देश्य र मर्ममाथि प्रहार हुने भन्दै संयमता अपनाउन भनिएको छ । शुक्रबार राति झपडमा परी कांग्रेस वडा सभापति यज्ञश विष्टसहित पाँच जना घाइते भएका थिए । 

त्यसयता पनि चौरजहारीमा कांग्रेस, माओवादीका कार्यकर्ताबीच झडप हुँदै आएको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ