arrow

राष्ट्रपति भण्डारीले बोलाइन् संसद बैठक, दुवै सदन जेठ ३ मा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २५ आइतबार
Parliament_building-1619601493.png
तस्बिर– फाइल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गते मङ्गलबार अपराह्न ४ बजे सङ्घीय संसद्को दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छिन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्ले आइतबार गरेको सिफारिसअनुसार उक्त दिन दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् । 

राष्ट्रिपति कार्यालयका प्रवक्ता सागर आचार्यले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९–१–२५ को सिफारिसमा संवत् २०७९ साल जेठ ३ गते मङ्गलबारका दिन १६ः०० अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, बानेश्वरमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ