arrow

एमालेले देखाएका सपना सपनामै सीमित : चन्द्र भण्डारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २२ बिहिबार
24525663523535366366.jpg

बुटवल । नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारीले अघिल्लो निर्वाचनमा एमालेले देखाएका सपना सपनामै सीमित रहेको बताएका छन् । बुटवलमा भएको कार्यक्रममा बोल्दै उनले अहिले पनि एमालेले तिनै सपना देखाएर मत माग्दै हिँडेको बताउँदै उसका झुटा कुरामा विश्वास नगर्न आम मतदातालाई आग्रह गरे । 

नेता भण्डारीले एमालेले अघिल्लो निर्वाचनमा रेल ल्याउने, घरघरमा ग्यासको पाइपलाइन लगायतका कयौं सपना बाँडे पनि चुनाव जितेपछि आफू र आफ्नालाई पोस्ने मात्रै काम गरेको आरोप लगाउँदै जनतालाई देखाएका सपना सपनामै सीमित भएको बताएका हुन् । 

उनले जनताका आधारभूत आवश्यकतालाई पहिलो प्राथमिकता दिइएको बताउँदै हुनै नसक्ने सपना बाँडेर जनता झुक्याउने काम कांग्रेसले नगर्ने पनि बताए । सत्ता गठबन्धनको चुनावी कार्यक्रम अन्तरगत गठबन्धनको तर्फबाट बिहीबार बुटवलमा आयोजना गरिएको महिला भेलामा बोल्दै नेता भण्डारीले बुटवलको हकमा जनतामा भिजेका र जनताको सेवामा प्रतिवद्ध भएर लाग्ने व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै काँग्रेस र गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरे । 

त्यस अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट मेयर उम्मेदवार खेलराज पाण्डेले आफूले जितेमा बुटवललाई नमूना शहरको रुपमा विकास गर्ने र चुनावमा गरेका बाचा ५ वर्ष भित्र पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । 

त्यस्तै उपमेयरका उम्मेदवार चिनबहादुर गुरुङले देशको आवश्यकताको आधारमा गठबन्धन गरिएको बताउँदै गठबन्धनको पक्षमा माहोल बनाउन र गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । 

सत्ता गठबन्धनको तर्फबाट महिला परिचालन समितिकी संयोजक जमुना ढकालको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन परिचालन समितिका संयोजक रामबहादुर कार्की, नेता युवराज गिरी लगायतले बुटवलको विकासको लागि कुनै पनि हालतमा गठबन्धनका उम्मेदवारले जित्नु पर्ने र त्यसमा सबैले साथ दिन आग्रह गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ