arrow

एनसेलले ल्यायो एसईई विद्यार्थीका लागि ‘पहिलो सिम’ योजना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १९ सोमबार
ncell-csr.jpg
फाइल तस्बिर

काठमाडौँ। एनसेल आजियाटा लिमिटेडले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका लागि विशेष अफर ‘पहिलो सिम’ ल्याएको छ। यो योजनामा एसईईका विद्यार्थीले प्रिपेड सिमको खरिदमा सोसल मिडिया प्रयोग गर्नका लागि ४ जीवी डेटाका साथै रिचार्जमा बोनस लगायतका विभिन्न फाइदा लिन सक्छन्।

सोसल मिडिया प्रयोग गर्नको लागि ४ जीवी डेटा
रु ५० वा सो भन्दा बढीको हरेक रिचार्जमा बोनस

यो योजना शुक्रवार वैशाख १६ देखि सञ्चालनमा आएको हो। एसईई २०७९ को परीक्षाको प्रवेश पत्र भएका सबै विद्यार्थीले आफ्नो वा आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपी, एक प्रति पासपोर्ट साइज फोटो सहित नजिकैको एनसेल सेन्टरबाट र डाइरेक्ट सेलिङ प्वाईन्टहरुबाट यो पहिलो सिम लिन सक्छन्।

कर सहित मात्र रु ४८ मा लिन सकिने यो सिम कार्डमा विद्यार्थीले रु १० को मेन ब्यालेन्स सहित सामाजिक सञ्जाल  (फेसबुक, युट्युब र टिकटक) प्रयोग गर्नका लागि ४ जीवी डेटा (हरेक हप्ता १ जीवी डेटा गरी ४ हप्ता सम्म) को फाइदा लिन सक्छन्।

यसका साथै पहिलो सिम प्रयोग गर्ने विद्यार्थीले रिचार्जमा बोनसको पनि फाइदा लिन सक्छन्। जसअन्तर्गत विद्यार्थीले ६ महिनासम्म हरेक रु ५० वा सोभन्दा बढीको रिचार्जमा सामाजिक सञ्जाल चलाउनका लागि १ जीवी डेटा बोनस स्वरूप प्राप्त गर्नेछन्। प्राप्त बोनस डेटा ७ दिनको लागि मान्य रहनेछ।

सामाजिक सञ्जालको प्रयोगको लागि निश्चित डेटा भोलुभ सहित एसईई दिएका विद्यार्थीका लागि पहिलो सिम योजनालाई निरन्तरता दिन पाएकोमा कम्पनी खुसी रहेको एनसेलले जनाएको छ । विद्यार्थीहरूलाई यस सिम कार्डले नयाँ सम्भावना तथा अवसरहरूसँग सहजै जोडिन सहयोग गर्नुका साथै साथीभाइ, परिवारजनसँग सम्पर्कमा सही रहन मदत पुर्‍याउने विश्वास एनसेलले लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ