arrow

गठबन्धनलाई अन्यथा नलिन पौडेलको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १८ आइतबार
ramchandra-poudel2.jpg

काठमाडौं ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले अन्य पार्टीसँग गरेको गठबन्धनलाई अन्यथा नलिन कार्यकर्तालाई आग्रह गरेका छन् । दमौलीमा आयोजित कार्यक्रममा कांग्रेससँग भएको जनमतलाई ध्यानमा राखेर गठबन्धन गरिएको भन्दै उनले गठबन्धनले कांग्रेसलाई फाइदा पुग्ने दावी गरे । 

“२३ सिटमा रहेको कांग्रेसलाई ९३ सिटमा पुर्‍याउन गठबन्धन गरिएको हो, यसले कांग्रेसलाई नै बलियो बनाउनेछ,” उनले भने ।  नेता पौडेलले सबैको सहयोग लिएर कांग्रेसलाई बहुमतमा पुर्‍याउन गठबन्धन गरिएको भन्दै संविधानको रक्षा र परिवर्तनलाई जोगाउन गठबन्धन आवश्यक रहेको धारणा व्यक्त गरे । देशलाई स्थायित्वमा लैजान आवश्यक रहेको र त्यसको नेतृत्वले अहिले कांग्रेसले गरेको उनको भनाई थियो ।

 “गठबन्धनको विरोध गर्नु भनेको प्रतिगमनलाई प्रश्रय दिनु हो, गठबन्धनको पक्षमा द्विविधामा रहन आवश्यक छैन, सबैले गठबन्धनलाई बलियो बनाउनेतर्फ ध्यान दिनुपर्छ,” उनले भने । 

नेता पौडेलले आर्थिक र सामाजिक रूपमा श्रमिकप्रतिको विभेद अन्त्य हुनुपर्नेमा जोड दिए ।नेता पौडेलले श्रमिकलाई तल्लो दर्जामा राख्ने कु संस्कृति अन्त्य नभएको भन्दै श्रमिकलाई मर्यादा दिने सभ्यता अझै बसाउन नसकिएकोमा चिन्ता व्यक्त गरे । “श्रमको सम्मान गर्ने कामको थालनी नेपाली कांग्रेसको नेतृत्वमा भएको हो, श्रमलाई हेला गर्ने प्रवृत्तिको अन्त्य पनि कांग्रेसले नै गर्छ” उनले भने । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ