arrow

देउवाले बनाए रामचन्द्र पौडेललाई संसदीय समिति सदस्य

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ११ आइतबार
ramchandra-poudel-final.jpg
तस्बिर– फाइल

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल केन्द्रीय संसदीय समिति सदस्य बनेका छन् । आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई संसदीय समिति सदस्यमा अनुमोदन गरेको हो । 

सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, वीपी नगर, सानेपामा आइतबार बसेको बैठकले दुई वटा निर्णय गर्ने क्रममा पौडेललाई सदस्य बनाएको हो । 

बैठकले केन्द्रीय संसदीय समितिको गठन सम्बन्धमा पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा ३१ (१) (घ) (२) बमोजिम केन्द्रीय संसदीय समितिमा केन्द्रीय कार्यसमितिका पदाधिकारीहरु पदेन रहने र    विधानको धारा ३१ (१) (घ) (३) बमोजिम पार्टीका नेता एवं केन्द्रीय सदस्य ामचन्द्र पौडेललाई सभापतिको प्रस्तावमा केन्द्रीय संसदीय समितिको सदस्यमा अनुमोदन गर्ने निर्णय गरेको हो । 

त्यस्तै बैठकले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टी विधानको व्यवस्था बमोजिम सम्बन्धित महानगरपालिका कार्यसमितिको सिफारिस र प्रदेश कार्यसमितिको रायसहित केन्द्रमा प्राप्त हुन आएका नाममध्ये विराटनगर, काठमाडौ र ललितपुर महानगरपालिकाको प्रमुख पदका आधिकारिक उम्मेदवार तथा विरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपप्रमुख पदका आधिकारिक उम्मेदवारको अन्तिम निर्णय गर्ने अधिकार नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ५४ बमोजिम सभापति  देउवालाई प्रत्यायोजन गर्ने गरी केन्द्रीय संसदीय समितिले गरेको निर्णयलाई विधानको धारा ३१ (२) बमोजिम अनुमोदन गर्ने निर्णयसमेत गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ