arrow

सात किलो सेतो हेरोइनसहित विदेशी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ११ आइतबार
drugess-jhaoa.JPG

काठमाडौं । प्रहरीले लागूऔषध (सात किलो सेतो हेरोइन) सहित दुई विदेशीलाई पक्राउ गरेको छ । नेपाललाई ट्रान्जिट बनाइ लागूऔषध ओसारपसार गरिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरूलाई पक्राउ गरेको आज एक सूचना जारी गरी जनाएको छ । 

वैशाख पहिलो साता कतार एयरवेजमार्फत दक्षिण अफ्रिकाको जोहानेशवर्गबाट कतारको दोहो हुँदै काठमाडौँ आएका जिम्बावेका नागरिक कपुतुला अभिसर्गले ल्याएको सुटकेट जाँच गर्दा उक्त लागूऔषध फेला परेको प्रहरीले जनाएको छ । उनले सुटकेसमा फल्स बटम बनाइ लुकाएर ल्याएको अवस्थामा सात किलो सेतो हेरोइन फेला परेको थियो । 

उक्त लागूऔषध लिन आएका भारतका ललनुन्पुइलाई पनि पक्राउ गरिएको जनाइएको छ । दुबैलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम म्याद थप गरी अनुसन्धान जारी रहेको छ । उक्त लागूऔषधको बजार मूल्य रु १४ करोड रहेको व्यूरोले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ