निर्वाचनले प्रतिगमनकारी झारपात सबै साफ गर्नेछ : प्रचण्ड
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २० आइतबार
707
Shares
काटमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न स्थानीय तह निर्वाचनमा प्रतिगमनकारी सबै साफ हुने बताएका छन् । आइतबार बर्दिबासको एक कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् ।
अध्यक्ष प्रचण्डले भने, “हामीले गत वर्ष असंवैधानिक तवरले संसद् विघटन गर्ने हरकतलाई ठेगान लगायौँ, यसपालिको आसन्न स्थानीय तह निर्वाचनले प्रतिगमनकारी झारपात सबै साफ गर्नेछ ।”
आसन्न स्थानीय तह निर्वाचनसम्म मात्र नभएर अब हुने संसदीय निर्वाचनसम्म प्रतिगमनविरुद्धको पाँच दलीय गठबन्धन कायम रहने उनको भनाइ थियो ।