arrow

युक्रेन युद्धको असर : एप्पलले आईफोनको उत्पादन २० प्रतिशतले घटायाे

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १५ मंगलबार
tim_cook_apple_LoEAxlj.jpg.jpeg

काठमाडौं । एप्पलले आफ्नो नयाँ आईफोन एसईको उत्पादनमा ठूलो कटौती गर्ने भएको छ ।  विभिन्न रिपोर्टहरुले जनाए अनुसार कम्पनीले २० लाख देखि ३० लाख युनिट कम आईफोन एसई उत्पादन गर्ने भएको हो । जुन प्रारम्भिक उत्पादन संख्याको झन्डै २० प्रतिशत कम हो ।

यसबाहेक एप्पलले सन् २०२२ भरीका लागि एयरपड्स समेत सुरुवाती संख्या भन्दा १ करोड युनिट घटाएर उत्पादन गर्ने भएको छ ।

यसले युक्रेन युद्ध र इलेक्ट्रोनिक्सको मागमा मुद्रास्फीतिको नकारात्मक प्रभावलाई संकेत गरेको ठानिएको छ । यद्यपि, आईफोन एसई एप्पलका अन्य महँगा आईफोन जति लोकप्रिय भने छैन ।

आईफोन एसईको २०२० संस्करणले यसको सुरुवातदेखि २०२१को अन्तिम त्रैमासिकमा कुल आईफोन बिक्रीको १२ प्रतिशत हिस्स ओगटेको थियो । एप्पल लगायत धेरै ठूला प्राविधिक कम्पनीहरूले युक्रेनमा आक्रमण गरेपछि रूसमा बिक्री रोकेका थिए। 

अमेरिका, ईयू, जापान, दक्षिण कोरिया र ताइवानले सबै कार्यका लागि रुसमाथि आर्थिक प्रतिबन्ध लगाएका छन् । यसले आपूर्ति श्रृंखलामा बाधा पुर्‍याएको छ र मुद्रास्फीति जोखिम बढाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ