arrow

एकताबद्ध भएर निर्वाचनमा जानुको विकल्प छैन : वरिष्ठ नेता पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ८ मंगलबार
ramchandra-poudel3.jpg

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकताबद्ध भएर निर्वाचनमा जानुको विकल्प नभएको बताएका छन् । ‘घर घर जाऔँ : कांग्रेस जिताऔँ’ अभियानअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ (ख) ले आज डुम्रेमा आयोजना गरेको भेलामा वरिष्ठ नेता पौडेलले कांग्रेसबीच एकता कायम गरी निर्वाचनमा जानुपर्नेमा जोड दिए । 

स्थानीय तहको निर्वाचनमा जिल्लाका दश वटै पालिकामा कांग्रेसलाई जिताउने गरी तयारी थाल्न पौडेलले आग्रह गरे । जनताको घरघरमै पुगेर कांग्रेसको प्रचारप्रसार गर्नुपर्नेमा पौडेलको जोड थियो । तनहुँको विकास निर्माणको काम कांग्रेसकै नेतृत्वमा भएकाले त्यसलाई पूरा गर्न पनि कांग्रेसले जित्नुपर्ने पौडेलको जिकिर थियो ।

नेपाली कांग्रेसले ‘घर घर जाऔँ : कांग्रेस जिताऔँ’ अभियानअन्तर्गत जिल्लाका चार वटै प्रदेशसभा क्षेत्रमा आज भेला गरेको छ । तनहुँ क्षेत्र नम्बर १ (क) को दमौलीमा, १ (ख) को डुम्रेमा, २ (क) को खैरेनीटारमा र २ (ख) को घिरिङमा सम्मेलन आयोजना गरिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ