arrow

एनसेलले ल्यायो मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै नयाँ गज्जबको दैनिक जीवी प्याकहरू

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २ बुधबार
ncell-holi-offer-2078-2022.jpg

काठमाडौँ। एनसेल आजियाटा लिमिटेडले फागु पूर्णिमाको अवसरमा मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै गज्जबको दैनिक जीवी प्याक अन्तर्गत नयाँ डेटा प्याकहरू ल्याएको छ । यसका साथै कम्पनीले दैनिक जीवी डेटा प्याक अन्तर्गत सञ्चालनमा रहेका प्याकहरूमा पनि भोल्युम बढाएको छ।

ग्राहकले अब कर सहित मात्र रु १२९ मा ७ जीवी अल टाइम डेटा प्याकको फाइदा लिँदै प्रति दिन ७ दिन सम्म १ जीवी डेटा प्रयोग गर्न सक्छन् । त्यसै गरी १४ जीवी अल टाइम डाटा प्याक मात्र रु १९९ मा लिएर ७ दिन सम्म दैनिक २ जीवी डेटा प्रयोग गर्न सक्छन्।

यी दुई दैनिक जीवी डेटा प्याक बाहेक एनसेलले आफ्ना ग्राहकका लागि पहिला नै सञ्चालनमा रहेका डेटा प्याकहरूमा डेटा भोल्युम पनि बढाएको छ । यस अन्तर्गत ग्राहकहरूले पहिले कै मूल्यमा थप भोल्युम सहितको डेटा प्याकबाट फाइदा लिन सक्छन् । भोल्युम बढाइएको डेटा प्याक अन्तर्गत ग्राहकले मात्र रु १६९ मा १०.५ जीवी डेटा खरिद गरी दैनिक १.५ जीवी डेटा ७ दिन सम्म प्रयोग गर्न सक्छन् । पहिला यही शुल्कमा ग्राहकले दैनिक १ जीविका दरले ७ दिन सम्म कुल ७ जीवी पाइरहेका थिए।

७ जीवी अल टाइम डेटा प्याकको मात्र रु १२९, प्रति दिन १ जीवी ७ दिन चलाउन सकिने
१४ जीवी अल टाइम प्याकको मात्र रु १९९, प्रति दिन २ जीवी ७ दिन चलाउन सकिने
पुराना डेटा प्याकहरूमा थप भोल्युम

अलि धेरै डेटा भोल्युम चाहिने ग्राहकले अब मात्र रु २६९ मा २१ जीवी डेटा हरेक दिन ३ जीविका दरले ७ दिन सम्म प्रयोग गर्न सक्छन् । यस अघि ग्राहकले सोही मूल्यमा १४ जीवी डेटा हरेक दिन २ जीविका दरले ७ दिन सम्म पाइरहेका थिए । त्यसैसरि एनसेलका ग्राहकले अब मात्र रु ५९९ मा ४२ जीवी डेटाको फाइदा लिन सक्छन् जस अन्तर्गत ग्राहकले हरेका दिन २८ दिन सम्म १.५ जीवी डेटा प्रयोग गर्न सक्छन्।

यी नयाँ तथा परिमार्जित प्याकहरू आज बुधवार (चैत्र २) बाट सञ्चालनमा ल्याइएका हुन् । प्रिपेड ग्राहकले एष्ट्रिक्स१७१२३एष्ट्रिक्स१ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार सुचारु गर्न सक्छन् । त्यस्तै ग्राहकले एनसेलको एप तथा वेबसाइट मार्फत पनि यी प्याकहरू खरिद गर्न सक्छन्।

दैनिक जीवी डेटा प्याक अन्तर्गत ल्याइएका नयाँ अल टाइम डेटा प्याकहरू र थप गरिएका डेटा भोल्युमहरूले ग्राहकहरूलाई आफ्ना परिवार तथा साथीभाइसँग सुलभ दरमा सम्पर्कमा रहिरहन र फागु पर्वलाई अझै धेरै रमाइलो बनाउँदै खुसीयाली साटासाट गर्न मद्दत गर्ने विश्वास एनसेलले लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ