arrow

प्रहरीमा एआईजी बढुवा सिफारिस, को को ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १ मंगलबार
police-head-Q.jpeg

काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि ३ जना नायव महानिरीक्षक (डीआईजी) को नाम सिफारिस भएको छ ।

गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको मंगलबार बसेको बैठकले डीआईजीहरु बसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डीआईजी बसन्तकुमार पन्त पहिलो नम्बरमा रहेका छन् । दोस्रो नम्बरमा केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत डीआईजी धीरजप्रताप सिंह रहँदा तेस्रो नम्बरमा अपराध अनुसन्धन विभाग कार्य निर्देशनालय नक्सालमा कार्यरत रवीन्द्रबहादुर धानुक रहेको बढुवा समितिको सचिवालयले जारी गरेको सूचनामा जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ